पद्मावत मा दीपिका र रणवीरले लगाएका लुगा लिलाम गरिने

प्रकाशित समय 4:42:00 AM
एजेन्सी, १९ वैशाख । फिल्म ‘पद्मावत मा दीपिका पादुकोण र रणवीर सिंहले लगाएको लुगा फिल्म निर्मता सञ्जयलीला भन्सालीले लिलामी गर्ने भएका छन् ।
‘पद्मावत  बलिउडमा सर्वा्धिक बिरोध भएको फिल्म हो । जति चर्को विवाद भएको थियो त्यति धेरै कमाई यस फिल्मले गरेको छ । यो फिल्ममा अभिनेत्री दीपिका पादुकोणले रानी पद्मावतीको भूमिकामा अभिनय गरेकी थिइन् । 
दीपिकाले एक कार्यक्रममा त्यो फिल्ममा रहेको जौहरको दृष्यमा लगाएको लुगालाई सधंै आफ्नो साथ राख्न चाहेको बताएकी थिइन । दीपिकाले फिल्मका सम्पूर्ण दृष्यहरु निकै नै विशेष रहेको र ती मध्ये पनि जौहरको दृष्य निकै नै भावुक र स्मरणीय रहेको बताइन । 
फिल्म कलाकारले लगाएका पोशाक तथा प्रयोग गरिएको सेट निकै नै शानदार रुपमा निर्माण गरिएको थियो । साथै फिल्म भित्रको जौहरको दृष्य निकै रचनात्मक ढंगले खिचिएको थियो । फिल्ममा कलाकारको अभिनय, फिल्मको सेट र दृष्यको निकै प्रशंसा पनि गरिएको थियो ।
सञ्जयलीला भन्सालीको फिल्म पद्मावत चर्को विवादहरुकाबीच गएको जनवरी २५ मा प्रदर्शन भएको थियो । अहिलेसम्म यस फिल्मले ५०० करोड भन्दा बढीको कमाइ गरिसकेको छ । यस फिल्ममा रणविर सिंहले सुल्तान अल्लाउद्दिन खिल्जीको नकारात्मक भूमिका निर्वाह गरेका थिए । दीपिका र रणवीरका अलावा यस फिल्ममा अभिनेता शाहिद कपूरले राजा महारावल रतन सिंहको भूमिका निर्वाह गरेका थिए ।
केही दिनअघि अक्षय कुमारले उनको फिल्म रुस्तममा लगाएको नौसेनाका प्रहरीको पोशाक लिलाम गरेका थिए । अक्षयले लिलामीबाट आएको पैसा जनावरहरुको सुरक्षाको लागि एक ट्रष्टलाई दिने बताइएको थियो । अक्षयको यस कार्यलाई पछ्याउँदै सञ्जय लीला भन्सालीले पनि च्यारिटीका लागि पद्मावतमा दीपिका र रणविरले लगाएको पोशाक लिलामी गर्न लागेका हुन ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »