ड्रोन उडाएर नगरको भौगोलिक नक्साड्ढन

प्रकाशित समय 8:48:00 PM
मिथिलेश यादव
सिरहा, १० जेष्ठ । नगरको भौगोलिक नक्साँकन व्यवस्थित बनाउन विकास धनगढीमाई नगरपालिकाले ‘ड्रोन क्यामेरा  उडाएर नगरको नक्सा कैद गर्न सुरु गरेको छ । बुधबार नगरपालिकाको कार्यालयबाट नगर प्रमुख हरिनारायण चौधरीले डूोन उडाएर नगरको तस्विर र भिडियो खिच्ने कार्य सुरुवात गरेका हुन् । 
        नगरले एकीकृत विकास गुरुयोजना बनाएर विकासको काम अगाडि बढाएको यो नगरपालिकाले डिजिटल नक्साँकनका लागि ड्रोन क्यामेराले मदत गर्ने नगर प्रमुख हरिनारायण चौधरीले बताए । ‘नगरभित्रको आवश्यक बनाउन समेत नगरको एकिकृत तस्बिर र भिडियो सहयोगी भूमिका खेल्ने चौधरीले बतए । विकास योजना प्रभावकारी बनाउनका लागि तथ्यांक र तस्विर आवश्यक पर्छ , चौधरीले भने । ड्रोन क्यामेरामा कैद गरिएको तस्विर र भिडियोमार्फत नगरको भौगोलिक अवस्थाकोे बिस्तृत जानकारी प्राप्त हुन्छ । जसको सहयोगले नगरको प्रभावकारी विकास गुरुयोजना तयार पार्न सहजता मिल्ने प्रमुख प्रशासकीय अधिकृत रमहरी शर्माले बताए ।
सिँचाई, खानेपानी, ढल, सडक लगायतको अवस्था कहाँ कस्तो छ यी सबै जानकारी ड्रोन क्यामेरामार्फत कैद गरेपछि सोही अनुसार अवश्यक योजना बनाईने नगर प्रमुख चौधरीले बताए । जेष्ठ १५ गतेभित्र डूोन क्यामेरामार्फत नगरको भौगोलिक नक्साँकन गरिसक्ने नगरपालिकाको योजना छ । नगरभित्रको समाजिक, आर्थिक तथ्याँक अवधिक गर्न  घरधुरी सर्वेक्षण कार्य अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । उनका अनुसार जिपिएस ट्रयाकि·को माध्यमले स्मार्ट फोनको प्रयोग गरी गणकले गरको सम्पूर्ण घरधुरी सर्वेक्षण गरिरहेको छ । तथ्यांक संकलन भएपछि एकीकृत तथ्याँक नगरपालिकाको एप्समा राखिने उनले बताए ।
दुई सय मिटर उचाईबाट ड्रोनले तस्विर र भिडियो खिच्न सक्ने आईटी विज्ञ प्रशन्न महर्जनले जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »