यस कारण नेकपाद्वारा प्रदेश २ सरकारलाई दिएको समर्थन फिर्ता

प्रकाशित समय 9:10:00 PM
गोविन्द महतो
जनकपुरधाम, १३ जेष्ठ । प्रदेश २ मा फोरम नेपाल र राजपा नेपाललाई दिएको समर्थन नवगठित नेकपा कम्युनिष्ट पार्टी (अनडरलाईन)ले फिर्ता लिएको छ । संघीय समाजवादी फोरम नेपाल तथा राष्ट्रिय जनता पार्टी नेपाल संयुक्त सरकारलाई दिएको समर्थन तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले फिर्ता लिएको हो । 
आइतवार बसेको प्रदेशसभाको दोश्रो अधिवेशन अन्तर्गतको पहिलो बैठकमा सरकारको कामकाजप्रति असन्तुष्टि जनाउदै नेकपा एमाले संसदीय दलका नेता सत्यनारायण मण्डल तथा नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र मण्डलले समर्थन फिर्ता लिएको घोषणा गरेका थिए । समर्थन फिर्ताको घोषणासँगै एमाले तथा माओवादीका सांसदहरूले कुर्सीबाट उठेर संसद अवरुद्ध गरेका थिए ।
संसद सुरु भएपछि सभामुख सरोज कुमार यादवले प्रदेश प्रमुखबाट प्राप्त भएको अधिवेशन आह्वानको पत्र सुनाएर दलका प्रतिनिधिको भनाई राख्न रुलिङ गर्ने बित्तिकै नेपाल कम्युनिष्ठ पार्टी (अनडरलाईन) का सांसदहरूले कुर्सीबाट उठेर पहिले आफूहरूलाई बोल्न पाउनुपर्ने माग गरेका थिए । सभामुखको सहमतिपछि नेकपा एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले बोल्दै सरकारले आफूहरूसँग सरकारको विश्वास को मत लिन लिखित पत्रका साथ अनुरोध गरेकोमा आफूहरूले त्यो पत्रको आधारमा छलफलपश्चात् समर्थ गरेको भए पनि सरकारको क्रियाकलापलाई हेरेर समर्थन फिर्ता लिएको बताए ।
उनले भने, ‘हाम्रो देश भर्खर संघीयतामा प्रवेश गरेको छ । संघीयता हाम्रो लागि नयाँ परिपाटी भएकोले हामी अहिले अभ्यासमा छौँ । त्यसैले प्रदेशमा जनताको सुख र समृद्धिको लागि राजनीतिक स्थिरताको लागि विश्वासको मत दिए पनि १०० दिनको हनिमुनको अवधि गुजारे पनि सरकारको उपलब्धि शून्य भएको हाम्रो पार्टीको ठहर छ । उनले थप्दै भने ‘प्रदेश २ को जनतालाई हामी जनाउन चाहन्छौँ की जुन प्रदेश सरकारलाई हामीले दिएको मत थियो त्यसको विश्वासघात भयो, हाम्रो मान मर्दन भयो, त्यति मात्र हैन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजकीय भ्रमणलाई पार्टीको भ्रमण जस्तो बनाएर लतमर्दन गरेकोले हामी समर्थन फिर्ता लिएको घोषणा गछौँ ।
नेता मण्डलले सभामुखको ध्यानाकर्षण गराउदै भने, ‘प्रतिपक्षको संवैधानिक अधिकार र नजिरप्रति अघात गर्ने जुन सभामुखकै विषयसँग जोडिएको छ, त्यसैले आजको यही समयदेखि दिइआएको विश्वास को मत फिर्ता लिएको छु । साथै उनले सभामुखसँग कुन विधान र नियमको आधारमा आफू र आफ्नो पार्टीलाई मान मर्दन गरेको त्यसको जवाफसमेत खोजेका थिए ।
यसैगरी तत्कालिन नेकपा माओवादीका संसदीय दलका नेता रामचन्द्र मण्डल भने, ‘स्वेच्छा चारिताले भ्रष्टाचारलाई जन्म दिन्छ र त्यसले जनतालाई भ्रम दिन्छ, महामहिम भारतीय प्रधानमन्त्रीको भ्रमणमा हामीलाई कति अपमानित हुनुर्पयो, अनि यस्तो सरकारलाई किन समर्थन दिने?  भन्दै प्रश्न गरेका थिए । उनले २२ वटा नियमावलीबाट ३ वटा मात्र नियमावली पास हुनु तथा ५ महिनाको सरकारको अवधिमा पारिश्रमिक पाउनसमेत गाह्रो हुनु अस्वभाविक रहेको बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »