बलात्कारविरुद्धको अभियान चलाउ“दै सिरहा प्रहरी गाउ“ गाउ“मा

प्रकाशित समय 9:18:00 PM
रामबाबु यादब
सिरहा, १३ जेष्ठ । सिरहाको विष्णुपुर लक्ष्मीपुरमा प्रहरी निरीक्षकको पोशाक लगाई एक जना महिला रुखको छहारीमुनि बसेर गाउँका केही महिलाहरुलाई त्यहाँ घटेको जबरजस्ती करणीको एउटा घटना बारेमा सोधपुछ गर्दै हुन्थ्यो, महिलाहरु पनि आफूले सुने बुझेको कुरा भन्दै थिए ।
सोधपुछ हुँदै गर्दा छेउबाटै एक युवा दौडिदै आएका थिए जसलाई अन्य प्रहरी कर्मचारीले तत्कालै पक्राऊ गरेका थिए । अनेक दवावका बावजुद पक्राऊ परेका उक्त युवकलाई प्रहरीले कारबाहीको लागि नियन्त्रणमा लिन्छ । यी क्रियाकलाप नजिकै बसेर हेरिरहेका दर्शकहरुले ताली बजाउँछन् तर पुनः दर्शकदीर्घामा आश्चर्य छाउँछ । आश्चर्यमिश्रित अवस्थामा एक दर्शकको स्वर सबैले सुन्ने गरी स्थानीय भाषामै आयो–अरे वाह, नाटक त नक्कली छै लेकिन इन्स्पेक्टरनी साब त असली छै –अरे वाह, नाटक त नक्कली हो तर प्रहरी निरिक्षक त असली हुँदोरहेछ ।
हुन पनि लक्ष्मीपुरमा गरिएको उक्त सडक नाटकको कथा वस्तु र अन्य पात्र काल्पनिक भए पनि महिला प्रहरी निरिक्षकको भूमिका निर्वाह गरेका जिल्ला प्रहरी कार्यालय सिरहाको महिला सेलका प्रमुख प्रनि शान्ती वाइवा र उनीको टोली सक्कली नै थियो । बलात्कारको घटना र लै·िक हिंसाको विरुद्धमा जिल्ला प्रहरी कार्यालयको सम्पूर्ण महिला सेल आफैं संलग्न भई स्थानीय गैरसरकारी सँस्थाको सहयोगमा गाउँ गाउँमा सडक नाटक र जनचेतना अभियानमा सक्रिय भएपछि सिरहामा अहिले बलात्कारविरुद्धको अभियानको चर्चा चुलिएको छ ।
जिल्ला प्रहरी कार्यालय र दलित जनकल्याण युवा क्लवले नागरिक र प्रहरी बीच सम्बन्ध सुधार गर्न तथा बलात्कार घटना न्यूनिकरणका लागि जिल्लाको विष्णुपुर गाउ“पालिका अन्तर्गत पर्ने लक्ष्मीपुर, रजोखैर, थलाहा, गौरीपुर लगायत बस्तीमा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिरहेको छ ।
कलाकारहरुले कुनै पनि पुरुषले आफ्नो यौन इच्छा पूरा गर्न नावालिका वा उमेर पुगेका महिलाको मंजुरी नलिई डर, धाक, धम्की जबरजस्तीसूग अनूचित यौन कार्य गरेमा बलात्कार जस्तो जघन्य अपराध हुने र यसमा संलग्न पुरुष कारवाहीको भागीदार हुने भन्दै सडक नाटक मार्फत सचेत गराए । नाटक मञ्चन भइरहदा बलात्कार जघन्य अपराध भएको र पीडकलाई कारवाहीको भागीदार बनाएपछि दर्शकहरुमा उत्साह छाएको थियो ।
सडक नाटक हेरिरहेकी लक्ष्मीपुरकी पूmलकुमारी पासवान र सम्झना रायमाझीले प्रहरी स्वयं उपस्थित भएर नाटक देखाएपछि बलात्कारीलाई कारवाही हु“दोरहेछ भन्ने विश्वास जागेको सुनाए । जिल्लामा जबरजस्ती करणीका घटना  न्यूनिकरणको साटो बढोत्तरी भएपछि न्यूनिकरणका लागि दलित जनकल्याण युवा क्लवको सहयोगमा जनचेतनाका लागि गाउँ गाउँमा सडक नाटक प्रदर्शन गरिएको प्रहरी नायव उपरिक्षक राजन भेटवालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयको तथ्याड्ढ अनुसार सिरहामा यसवर्ष २७  बलात्कार घटना र २३ बलात्कार प्रयासका घटना दर्ता भएका छन् । यो घटना दर अहिलेसम्मकैं उच्च हो । गत आवमा २६ बलात्कार र प्रयासका ११ घटना भए । आव २०७२÷७३ मा बलात्कारका १७ र प्रयासका १० घटना भए । जिल्ला प्रहरीको तथ्याड्ढ अनुसार यस आर्थिक वर्षको चैत मसान्तसम्म १७ वटा वालिका बलात्कारको शिकार भएका छन । त्यसैगरी आठ वालिकामाथि यौन दुव्र्यवहार र बलात्कारको प्रयास भए । बलात्कारको घटना आठ वर्षियादेखि १६ वर्ष मुनिका बालवालिकामाथि भएका छन् । बलात्कारमा संलग्न अधिकांश १८ देखि २२ वर्ष उमेर समुहका युवक छन् ।
दलित जनकल्याण युवा क्लवका कार्यक्रम संयोजक अशोक कामतीले बलात्कारका घटना गाउँघरमा हुने गरे पनि यस सम्वन्धी ऐन कानुनको बारेमा जानकारी नहुँदा प्रहरी समक्ष पुग्नै नपाई पीडकले उन्मूक्ति पाउने गरेका कारण पीडितलाई उजुरीको वातावरण सृजना गर्न तथा नागरिक र प्रहरीबीच सम्बन्ध सुधारका लागि सडक नाटक मार्फत जनचेतना अभियान सुरु गरिएको जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »