सहिद पत्नीलाई प्रदेश सरकारबाट जागिर

प्रकाशित समय 7:25:00 PM
जनकपुर, १७ जेष्ठ । प्रदेश २ को सरकारले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा एक शहिद परिवारलाई रोजगारि दिएको छ । मधेश आन्दोलनको क्रममा शहिद भएका रामविवेश यादवकको पत्नी अनिला कुमारी यादवलाई मुख्यमन्त्री लालबाबु राउतले मुख्यन्यायधिवक्ताको कार्यालयमा कार्यालय सहयोगीको पदमा नियुक्ती दिएका हुन् ।
मुख्यमन्त्री राउतले शहिद परिवारबाट एकजनालाई रोजगारी दिने घोषणा गरे अनुरुपनै महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका २ निवासी २२ वर्षिय अनिलालाई जागिर दिएको बताए । आन्दोलनको क्रममा महोत्तरीको जलेश्वरमा तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायतले गरेको हिडौं जलेश्वर, भरौं जलेश्वर कार्यक्रममा गएको बेला प्रहरीको तर्फबाट कार्यक्रम विथोल्ने प्रयास स्वरुप प्रहरीले चलाएको बन्दुकको गोली लागि यादवको घटनास्थलमै मृत्यु भएको थियो ।
आर्थिक रुपमा विपन्न परिवारकी अनिलालाई श्रीमानको आन्दोलनको क्रममा मृत्यु भएपछि एकमात्र सन्तान छोरालाई पाल्न निकै गाहे भएको थियो । बढि पढेलेखेको नभएकोले जागिर पाउन समेत कठिनाई भईरहेको अवस्थामा प्रदेश सरकारबाट रोजगारीको व्यवस्था मिलाईएपछि निकै खुशी लागेको उनले बताइन् । अनिलाले भनिन्, कम्तीमा यो जागिर पाएपछि छोरालाई पाल्न र आफ्नो जीवन बिताउन केही सहज होला ।
पिडित परिवारले उच्च अदालत जनकपुरमा जिल्ला प्रहरी कार्यालय महोत्तरी लगायत प्रहरीको विरुद्धमा मुद्दा दर्ता गराएको थियो । अदालतको आदेश प्रहरी कार्यालयले नमानेपछि दिइएको अपहेलना मुद्दामा भने अदालतले प्रहरी कार्यालय महोत्तरी र सरकारी वकिलको कार्यालय महोत्तरीको मिसिल झिकाउन आदेश दिएको छ । शहिद यादव तत्कालिन मातृका प्रसाद यादवको नेतृत्वमा रहेकोे नेकपा माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीका महोत्तरी जिल्ला अध्यक्ष समेत रहेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »