मोहन माविका प्रअ यादब कार्यकक्षमै थुनिए

प्रकाशित समय 7:20:00 PM
राम नारायण पंडित
सिरहा, १७ जेष्ठ । मोहन मावि आबासीय प्राबिधिक बिद्यालय मिर्चैयाका प्रधानाध्यापक अशोक यादब र लेखापाल बिद्यासागर साहलाई बिद्यार्थीहरुले कार्य कक्षमै थुनिएको हो । 
       जिल्ला शिक्षा कार्यालय सिरहाले उपलब्ध गराएको रकम दिनका लागि आवाज उठाउँदा प्रधानाध्यापक यादव र लेखापाल साहले गालीगालैज गरेपछि विद्यालयमा भेटेनरीमा अध्यनरत विद्यार्थीहरुले दुवैजनालाई विहिबार  कार्यकक्षमै थुनिएका थिए ।
प्रअ यादवलाई पटक–पटक रकम उपलब्ध गराउन आग्रह गरेपनि बेबास्ता गरेकोले बाध्य भई थुन्नु परेको विद्यार्थीले बताए । कार्यकक्षमै थुएिपछि ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले बिद्यार्थीसंग ताला खोलेर छलफल गर्न आग्रह गरेपछि ताला खोलिएको थियो ।
यता, बिद्यार्थी, अभिभाबक, बिद्यालयका प्रअ, लेखापाल र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षबिच भएको छलफलमा छिट्टै रकम उपलब्ध गराउन बिद्यालय सहमत भएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »