विद्युत् चोरीको आरोपमा वडा अध्यक्षसहित २१ जना पक्राउ

प्रकाशित समय 8:17:00 PM
राजविराज, १ असार । सप्तरीमा जारी रहेको विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत तिरुहत गाउँपालिकाबाट वडा अध्यक्षसहित २१ जनालाई आज पक्राउ गरिएको छ । 
जिल्ला प्रहरी कार्यालय, सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त अनुगमन टोलीले जिल्लाको तिरुहत गाउँपालिका–५ का वडा अध्यक्ष रमानन्द चौधरीसहित २१ जनालाई विद्युत् चोरी गरेको आरोपमा पक्राउ गरिएको विद्युत प्राधिकरण राजविराजले जनाएको छ । 
पक्राउ परेका वडा अध्यक्षसहितको नाम जिल्ला प्रहरी कार्यालय, सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले संयुक्तरूपमा तयार गरिएको मुचुल्कामा उल्लेख गरिएको छ । विद्युत्को पोलमा सिधैं हुकिङ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताए । 
पक्राउ परेका उनीहरूको साथबाट दुई थान पानी तान्ने मोटर, दुई थान एलएडी टेलिभिजन एक थान पङ्खालगायतका सामान बरामद गरिएको प्रमुख साहले जानकारी दिए । 

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »