मिर्चैयामा बाल भित्तेपत्रिका तालिम सुरु

प्रकाशित समय 7:41:00 PM
राम नारायण पंडित
सिरहा, ३१ जेष्ठ । मिर्चैयामा तीन दिने बाल भित्तेपत्रिका लेखन तथा प्रकाशन तालिम सुरु भएको छ ।
मिर्चैया नगरपालीकाको आयोजना र धमिनी साप्ताहिक पत्रिका गोलबजारको सहजी करणमा आजदेखि तीन दिने तालिम सुरु भएको छ । पत्रिकाका प्रतिनिधि आशिष विश्वकर्माको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा नगरपालिकाका मेयर श्रबण कुमार यादब,
बिशिष्ट अतिथिका रुपमा उपमेयर जिबछी देवि साह र प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेलको उपस्थित रहेको थियो ।

तालिमा नगरपालिका भित्रका सामुदायिक तथा निजि बिद्यालयका बिद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष रामबाबु यादबले बताए । पत्रकार आशिष बिश्वकर्मा र राम नारायण पंडितले तालिममा सहभागिहरु लाई प्रशिक्षण दिईरहेको आयोजकले जनाए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »