पर्यटकको आकर्षण बन्दै बाबाताल

प्रकाशित समय 8:47:00 PM
शम्भु यादब
सिरहा, ६ असार । प्रकृतिको काखमा तीनतिरबाट चुरे पहाडले छेकेको छ । पहाडको बीचमा सङ्लो पानीको ‘बाबाताल  मनमोहक देखिन्छ । सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरस्थित रहेको बाबाताल पछिल्ला दिनमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । प्रदेश २ को सरकारले बिहीबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि यस ताललाई विशेष महŒव दिइएको छ । पर्यटन विकासअन्तर्गत प्रस्तुत नीति तथा कार्यक्रमको ५६ नम्बर बुँदामा बाबाताललगायत प्रदेशका पर्यटकीयस्थलको प्रवद्र्धनमा निजी क्षेत्रलाई समेट्ने उल्लेख छ ।
पूर्वपश्चिम लोकमार्गको बन्दीपुर बजारबाट एक किलोटिर उत्तरमा बाबाताल छ जसमा जोकोही पनि आनन्द मानेर रमाउने गर्छन् । झरना, हरियाली वनजंगल, निलो पानीको ताल, पिकनिकस्थल र मोक्षश्वर मन्दिरले वातावरण मनमोहक बनाएको छ । तालमा बोटिङ गर्ने सुविधा पनि छ । त्यसका लागि चारवटा बोट राखिएका छन् ।
‘चुरे पहाडको फाँटबाट बग्ने बाढीले कैयौं बिघा जमिन बालुवाले पुरिने गरेको थियो , स्थानीय प्रकाश कोइरालाले भने, ‘गाउँलेहरूसँगको छलफलपछि त्यस ठाउँमा ताल बनाउने निर्णय भयो । भू–संरक्षण कार्यालयले जग्गा संरक्षणका लागि बजेट सहयोग गर्दा खहरे खोला तीन वर्षअघि तालमा परिणत भयो ।  गाउँलेहरूको प्रयास र सरकारी निकायको सहयोगमा निर्मित यो ताल यतिखेर पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएको छ । चुरेछेउमा माटोको बाँध हालेपछि बगरमा परिणत भएको सयौं बिघा खेतीयोग्य जमिन उपयोगमा आएको कोइराला बताउँछन् ।
बाबाताललाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा उभ्याउन आवश्यक रहेको बाबाताल संरक्षण समितिका कैलाश घिमिरेको भनाइ छ । ‘तालमा चलचित्रको सुटिङका लागि पनि आउने गरेका छन , उनले भने, ‘कहिले भोजपुरी त कहिले मैथिली गरी दर्जनौं फिल्म सुटिङ भएको छ । 
प्रवेश शुल्क र बोटिङ टिकटबाट दैनिक पाँच हजार आम्दानी हुँदै आएको बाबाताल संरक्षण सम्वद्र्धन समितिका घिमिरेले जानकारी दिए । उनका अनुसार घुमफिर गर्ने सिजनमा एकैदिन ५० हजारसम्म आम्दानी भएको छ । तिहारपछि कात्तिक, मंसिर, पुस र माघ महिना बाबाताल घुम्ने सिजन रहेको उनले जानकारी दिए । पिकनिकका लागि पनि बाबाताल क्षेत्र उपयोगी बन्दै गएको छ । यस क्षेत्रमा प्रवेश शुल्क १० र आधा घण्टा बोटिङ गर्दा सय रुपैयाँ लिने गरेका छन् । पिकनिकका लागि आउने समूहसँग पाँच सय रुपैयाँ प्रवेश शुल्क लिने गरेका छन् । प्रवेश शुल्क र बोटिङको टिकट काट्दा बर्से्नि लाखौं रुपैयाँ आम्दानी हुने गरेको छ ।
ताललाई थप आकर्षक बनाउन भ्यू टावर निर्माणाधीन अवस्थामा छ । पिकनिकस्थल, चिल्ड्रेन पार्क र सडक कालोपत्रेलगायत निर्माण कार्य अगाडि बढेका छन् । ताललाई थप आकर्षक बनाउन भ्यू टावर निर्माणाधीन अवस्थामा छ । पिकनिक स्थल, चिल्डे«न पार्क र सडक कालोपत्रेलगायत निर्माण कार्य जारी रहेको ताल संरक्षण सम्वद्र्धन समितिका अध्यक्ष अञ्जनीकुमार दाहालले बताए । केही समयभित्रै स्थानीयसँगको सहकार्यमा होमेस्टे पनि सञ्चालन गर्ने तयारी भइरहेको उनले सुनाए । ‘पहिला धेरै मात्रामा वन फडानी हुन्थ्यो , उनले भने, ‘जबदेखि बाबाताल सञ्चालन मा आयो वन फडानी रोकिएको छ ।  उनका अनुसार पर्यटन विकाससँग सम्बन्धित निकायमा गई यो ठाउँलाई अझ राम्रो बनाउने योजना छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »