यौन हिंसाबाट बच्न बालिकालाई तालिम

प्रकाशित समय 8:51:00 PM
बर्दिबास, ६ असार । ग्रामीण भेगका स्कुले बालिकालाई सूचना प्रविधिको पहुँचसम्म र्पुयाउन सरोकारवला जुटेका छन् । समाजिक सञ्जालबाट हुने यौन हिंसा बचाउन र बढ्दो सूचना संचार तथा प्रविधिको उपभोग गर्न बुधबार बर्दिबासका २० जना बालिका लाई जानकारी दिइएको छ ।
बर्दिबासको जनता मावि गौरीबास, देउराली मावि, जनजागृति मावि पाटु र सरस्वति मावि पाटुका बालिकालाई नेपाल दूर संचार प्राधिकरण काठमाडौंले सूचना तथा प्रविधिको बारेमा जानकारी दिइरहेका छन् ।
संचार प्रविधिको प्रयोगबाट कसरी अध्ययन सामग्री खोज्न सकिने, आफूलाई परेको समस्याको बारेमा सम्बन्धित निकायमा जानकारी गराउनेबारे जानकारी गराएको छ ।सामाजिक सञ्जाल फेसबुक, टुइटर, भाइबर, स्काइपलगायतका माध्यबारे छात्रलाई अडियो, भिजुअलबाट विभिन्न जानकारी गराइँदैछ ।
संचारका सञ्जाल प्रयोग गर्न नजान्दा र यसको बारेमा जानकारी नहुँदा सहरभन्दा ग्रामीण भेगका बालिका बढी यौनहिंसाको सिकार भइरहेका छन् ।बालिकालाई हिंसाबाट बचाउन सूचना प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजन गरिएको हो । सूचना र प्रविधिको प्रयोग र जानकारीले समाजिक कुरुति बालबालिका तथा महिलाविरुद्धको हिंसा, जातीय भेदभाव, बालबिबाह, मावन अधिकार हनन जस्ता घटना को विरुद्ध जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको जनता मावि गौरीडाँडाका शिक्षक नेत्रबहादुर रमतेलले जनाए । 
महोत्तरी दलित जनजाति उत्थान संघले संयोजक गरेको पाँच दिने तालिमको उद्घाटन बर्दिबास नगरपालिका मेयर विदुर कार्कीले गरेका थिए ।  सीमान्तकृत समुदायका किशोरी सूचना संचार तथा प्रविधिबाट टाढा छन् । मेयर काकीले भने,  अहिले संसार सूचना प्रविधिमा टिकेको छ ।अब प्रतिस्पर्धा गर्न पनि प्रविधिको ज्ञान राख्नु जरुरी छ । 
नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार १ करोड २२ लाख नागरिक इन्टरनेटको पहुँचमा छन् । मोबाइलबाट इन्टरनेट चलाउनेको संख्या १ करोड १७ लाख छ भने नेपालमा ५८ लाखले फेसबुक चलाउँछन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »