सुखीपुर नगपालिकाद्वारा रु ४४ करोड बजेट पारित

प्रकाशित समय 8:28:00 PM
लहान, १० असार । सिरहा सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि रु ४४ करोड ६ लाख भन्दा बढीको बजेट पारित गरेको छ ।
सुखीपुर नगरपालिकाको हिजो सम्पन्न दोस्रो नगरसभाले नगर प्रमुख रामऔतार यादवले प्रस्तुत गरेको ०७५÷७६ का लागि रु ४४ करोड ६ लाख ६० हजारको बजेट सर्वसम्मतले पारित गरेको हो । 
योसँगै आगामी आर्थिक वर्ष ०७५÷७६ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गर्ने सुखीपुर नगरपालिका सम्भवतः प्रदेश नं. २ मा नै सबैभन्दा पहिलो नगरसमेत बनेको हो । सुखीपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालू खर्चतर्फ रु १२ करोड चार लाख ९८ हजार र पूँजीगत खर्चतर्फ रु ३२ करोड एक लाख ६२ हजार बजेट पारित गरेको नगरप्रमुख यादवले जानकारी दिए ।
आगामी बजेटलाई सुखीपुर नगरक्षेत्र भित्रको भौतिक पूर्वाधार निर्माण, शैक्षिक तथा स्वास्थ्यमा गुणस्तरीयता तथा सामाजिक विकासमा केन्द्रीत गरिने उनले बताए । यस्तै दोस्रो नगरसभाले स्थानीय तह सञ्चालन गर्न आवश्यक विभिन्न १६ वटा ऐन समेत पारित गरेको जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »