जनमुखी विकास योजना पहिलो प्राथमिकता ःगापा अध्यक्ष महतो

प्रकाशित समय 9:35:00 PM
सिरहा, ११ असार । दोश्रो गाउँसभालाई उद्घाटन गर्दै अर्नामा गाउँपालिकाका अध्यक्ष ठकु महतोले जनताकै विकासको लागि जनप्रतिनिधि चयन भएको हुँदा जनमुखी विकास योजना बनाउनु र त्यसको कार्यान्वयन गर्नु पहिलो प्राथमिकता रहेको बताए ।
जनप्रतिनिधि विहिनताको दशकौंको समयमा ग्रामिण विकास अस्तव्यस्त भएको अवस्थालाई सुधार गर्न जनमुखी विकास योजना नै राम्रो उपाय रहेको उनले तर्क गर्दै गाउँपालिकाले निर्धारण गर्ने योजनामा गाउँबासीहरुको सकारात्मक सहयोगको खाँचो रहेको औल्याए ।
जनप्रतिनिधि आएको अवस्था मा पनि कर्मचारी व्यवस्थापन र स्थानीय तहमा भौतिक पूर्वाधारको उचित प्रयाप्तता नभएको हुँदा सोचे अनुसारको काम गर्न कठिनाई भइरहेपनि दोश्रो वर्षमा कृषि, शिक्षा, स्वास्थ्य र पूर्ण सरसफाई उन्मुख गाउँपालिका बनाउने कार्ययोजनालाई विषेश प्राथमिकतामा राखिने उनले जनाए ।
प्राप्त बजेटको परिधिमा रहेर वडा, बस्ती तथा टोल टोलको विकास हुने गरी योजना बनाउनुका साथै विपन्न वर्गको मुहार फेर्ने गरी विषेश खाले योजनाहरु बनाएर लागु गरिने उनले प्रष्ट्याए । योजना बनाउने क्रममा सबैको सल्लाह र सुझाव लिइने उनले थपे । सभामा सबै वडाबाट विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो ।
गाउँपालिकाले निर्धारण गरेको योजनालाई अभिलेखीकरण र कार्यान्वयनमा खेल्नुपर्ने प्रशासनिक भुमिका निर्वाहको सम्पूर्ण व्यवस्थापन मिलाउने प्रमुख प्रशासकिय अधिकृत सुमित्रा लामाले बताइन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »