यातायातको प्रयोगात्मक परिक्षामा बिग्रेको ट्रिपर गाडी

प्रकाशित समय 7:40:00 PM
रामबाबु यादब
सिरहा, १२ असार । लहानस्थित यातायात व्यवस्था कार्यालय सगरमाथाद्वारा सञ्चालित गह्रु·ो सवारी साधनको सवारी चालक को अनुमति पत्रको प्रयोगात्मक परिक्षामा बिग्रेको ट्रिपर गाडीको प्रयोग गरिएको छ ।
गह्रु·ो सवारी साधनको कोटामा आउने बस, ट्रक तथा लहरीको प्रयोगात्मक परिक्षाको लागि उक्त कार्यालयले प्रयोगात्मक परिक्षा स्थलमा स १ क १५८ तथा ना ५ ख ३१७२ नम्बरको दुई वटा ट्रिपरको व्यवस्था गरेको छ तर उक्त दुईमध्ये ना ५ ख ३१७२ नम्बरको ट्रिपर प्रयोगात्मक परिक्षा दिइरहेकै बेला बीचमै बन्द हुने गरेको छ । जसका कारण परिक्षामा सहभागी कुशल चालक परिक्षार्थी समेत अनुतीर्ण हुनुपरेको छ ।
हामीले बिग्रिएको गाडी प्रयोगात्मक परिक्षामा नराख्नु भनेर पटक पटक प्रयोगात्मक परिक्षा लिने यातायातका कर्मचारीहरु लाई भनेका छौ तर हाम्रो कुराको परिक्षा सञ्चालकले कुनै वास्ता नै गरेको छैन, आफन्तको परिक्षा दिलाउन पुग्नुभएका लहान नगरपालिका वडा नं. १ का वडा सदस्य अनिल कुमार साहले भने–यातायात व्यवस्था कार्यालयद्वारा लिइने सवारी चालक अनुमति पत्रको परिक्षाको क्रममा रकमको चलखेल गर्न नभ्याएका चालक परिक्षार्थीहरु लाई बिग्रिएको ट्रिपर उपलब्ध गराउने गरिन्छ ।
यातायात व्यवस्था कार्यालयले प्रयोगात्मक परिक्षा दिन आफूसँग भएका सवारी साधन ल्याउन कसैलाई नरोकेको जनाएको छ । ‘कार्यालयले कुनै पनि परिक्षार्थीलाई प्रयोगात्मक परिक्षाको लागि भनेर तोकेरै कुनै साधन दिने गरेको छैन, उक्त कार्यालयका प्रमुख राजकुमार गुप्ताले भने–त्यहाँ परिक्षार्थीहरुकै सहयोगको लागि लेखापढी व्यवसायीहरुले व्यवस्था गरेको ट्रिपर परिक्षार्थीहरुले प्रयोग गरेका छन् । ‘शायद त्यही ट्रिपरमध्ये एउटा बिग्रिएको होला , कार्यालय प्रमुख गुप्ताले भने, अर्को प्रयोगात्मक परिक्षादेखि त्यो ट्रिपर प्रयोग गर्न निषेध गरिन्छ ।
सवारी चालक अनुमति पत्रको हालको व्यवस्था अनुसार, प्रयोगात्मक परिक्षाका लागि कुनै पनि किसीमको शुल्क तिर्नुपर्दैन तर यातायात व्यवस्था कार्यालय सगरमाथाकै मिलोमतोमा केही लेखापढी व्यवसायीले प्रयोगात्मक परिक्षामा सशुल्क ट्रिपरको व्यवस्था गर्दै आएका छन् । शुल्क लिए पनि ती व्यवसायीहरुले रकमको मोलतोल भएका परिक्षार्थीलाई राम्रो ट्रिपर गाडी तथा मोलतोल नभएका परिक्षार्थीलाई बिग्रिएको ट्रिपर गाडी उपलब्ध गराउने गरेको एक परिक्षार्थीले गुनासो गरे ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »