विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न प्रदेश सांसदको माग

प्रकाशित समय 8:28:00 PM
जनकपुर, १४ असार । प्रदेश सभा बैठकमा नेकपाका सांसद रामचन्द्र मण्डलले विशाक्त मदिरा सेवनबाट धनुषाको पूर्वोत्तर कमला नगरपालिकामा छ जनाको मृत्यु भएको घटना छानबिन गर्न माग गरेका छन् ।
बिहीबारको संसद् बैठकमा मण्डलले प्रहरीकै संलग्नतामा मदिरा बिक्री भएको भन्दै घटना को छानबिन गर्न माग गरेका हुन् । यस्तै कांग्रेस सांसद नरेश यादव ले प्रदेश २ लाई मदिरामुक्त प्रदेश बनाउने विधेयक ल्याउन माग गरेका छन् ।
धनुषाको पूर्वोत्तर कमला नगरपालिकामा विषाक्त रक्सी (घरेलु मदिरा) सेवन गर्दा बुधबार छजनाको मृत्यु भएको थियो । आधा दर्जन बढी सिकिस्तको उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राजविर महतो, गंगा पासवान, कमला नगरपालिका –५, लक्करका ३७ वर्षीय मनिक पासवान, ५५ वर्षीय रामचन्द्र पासवान, ४० वर्षीय रामनाथ पासवान र कमला नगरपालिका–६, सिग्याही मडानका ४७ वर्षीय साविर मियाँ अन्सारीको मृत्यु भएको हो । मंगलबार साँझ अत्यधिक रक्सी सेवन गरेर घर फर्किएका उनीहरू को अवस्था रातिदेखि नै बिग्रन थालेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »