चउरमा कर्जन्हा नगरपालिका

प्रकाशित समय 5:01:00 AM
शम्भु यादब
सिरहा, ३० जेष्ठ । भौतिक पूर्वाधार अभावका कारण सिरहाको कर्जन्हा नगरपालिका कार्यालय भाडाको घरमा सञ्चालनमा थियो। नगरपालिकाविरुद्ध स्थानीय बागबहादुर दनुवार र ओमप्रकाश महतो अदालत पुगे । उच्च अदालत राजविराजले राजपत्रमा उल्लेखित केन्द्रबाहेक अन्यत्र कहीं कतै कामकाज नगर्न÷नगराउन आदेश दिएपछि अहिले नगरपालिकाको कामकाज खुला चउरबाट भइरहेको
कर्जन्हा गाउँपालिका हुँदा बगहा गाउँस्थित गाविस भवनमा केन्द्र थियो । ०७४ साल जेष्ठ ११ गते नगरपालिका घोषणा भयो । स्थानीय तह निर्वाचन पनि त्यही कार्यालयबाट सम्पन्न भएको थियो । त्यहाँ कार्यालय सञ्चालन का लागि भवन अभाव हुँदा गाउँ कार्यपालिकाको पहिलो बैठकले भाडाको भवनमा नगरपालिका सार्ने निर्णय गरेको थियो ।
कर्जन्हाका मेयर गंगा पासवानका अनुसार बगहास्थित तीनकोठे भवनमा नगरपालिकाका ११ शाखा र ३६ उपशाखा सञ्चालन गर्न सकिँदैन । यही भवनमा वडा ११ को कार्यालय पनि छ । अदालतको आदेशले भाडाको भवनमा कार्यालय नरहने भयो । काम गर्ने ठाउँ नभएर खुला चउरमै बसेर कामकाज कर्मचारी गर्न बाध्य रहेको उनको भनाइ छ ।
‘आर्थिक वर्ष सकिन लाग्दा अरू स्थानीय तहमा धमाधम कामभइरहेको छ , उनले भने, ‘हामीले पनि काम अघि बढाएका थियौं, बीचमै केन्द्र विवादले प्रभावित भयो, अधिकतम बजेट फ्रिज हुने सम्भावना बढ्दै छ । उनका अनुसार नगरपालिका केन्द्र सारिएको थिएन, आफ्नो भवन नबनेसम्म भाडाको भवनमा चालू आवसम्म कार्यालय सञ्चालन गर्ने निर्णय भएको थियो । 
दलित वर्गको नेतृत्व अपच भएकाले आफूलाई असफल पार्न खोजिएको उनको जिकिर छ । ‘नगरपालिकाको कामकाज व्यवस्थित गर्न कर्जन्हास्थित भाडाको भवनलाई अस्थायी मुकाम कायम गरी कार्यालय सञ्चालन गर्ने सोचमा थियौं , उनले भने, ‘अदालतमा फेरि अवहेलना मुद्दा प¥यो, हामी बगहाकै तीनकोठे भवनमा कार्यालय सञ्चालन गर्न बाध्य भयौं । केन्द्र सार्दा काम गर्न कठिनाइ भएको छ, प्रभावकारी सेवा प्रवाह गर्न सकिएको छैन ।  उनका अनुसार यहाँ भवन अभावले चउरमै कुर्सी राखेर काम गर्नुपरिरहेको छ । बिजुली नहुँदा कम्प्युटर पनि चलाउन नसकेको उनको भनाइ छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »