अगाडि बढेन कमला नहरको स्वप्निल परियोजना

प्रकाशित समय 8:20:00 PM
रामबाबु यादब
सिरहा, १ असार । सिरहा र धनुषाको केही भागमा मात्र सिंचाई सुविधा पु¥याउदै आइरहेको कमला नहर स्थापना भएसँगै यसलाई सुनकोशीसँग जोड्ने योजना किसानहरुका लागि ‘स्वप्निल परियोजना  झैं भएको छ ।
सिरहा र धनुषाको दुई जिल्लामा सिंचाईको व्यवस्था गर्न ५७ वर्ष अगाडि कमला नहर प्रणालीको स्थापना भएको थियो । २०१७ साल कात्तिक २६ गते तत्कालिन सिंचाई मन्त्री गणेशमान सिंहले शिलान्यास गरेको कमला हर्दिनाथ सिंचाई व्यवस्थापन डिभिजन कार्यालयले पश्चिमी सिरहा र पुर्वी धनुषा दुवैमा १२ हजार पाँच सय हेक्टर गरी २५ हजार हेक्टर भूमिमा सिंचाई सुविधा पु¥याउदै आएको छ ।
दुई जिल्लामा आंशिक सिंचाइको लागि निर्माण गरिएको नहरमा सुनकोशीको पानी ल्याउन सके यसले सिरहा र धनुषालाई मात्र होइन, सप्तरी र महोत्तरीमा समेत सिंचाई सुविधा पु¥याउन सक्ने किसानहरु बताउँछन् । किसानहरुको यही चाहनालाई बुझेर सप्तरीदेखि महोत्तरीसम्म कुनै राजनीतिक कार्यक्रम सञ्चालन हुँदा राजनीतिक दलका शीर्षस्थ नेताहरुले सुनकोशी कमला डाइभर्सनको कुरा उठाउन छुटाउँदैनन् । राजनीतिक दलका नेता मात्र होइन, यहाँ निरीक्षण, भ्रमण र कार्यक्रममा आउने प्रत्येक मन्त्रीपरिषदका अर्थमन्त्री र सिंचाई मन्त्रीको भाषणको सेरोफेरो नै ‘स्वप्निल परियोजना  माथि केन्द्रित हुने गर्छ ।
सुनकोशी कमला डाइभर्सनको कुरा अहिलेको होइन यो नहरको स्थापनासँगै उठेको कुरा हो, सिंचाई उपभोक्ता महासंघ सिरहाका पुर्व अध्यक्ष जागेश्वर यादवले भने, अहिले पनि कमला नहरले धानवाली र गहुँवालीबाहेक किसानले चाहेको जति पानी पु¥याउन सकेको छैन ।
सुनकोशी कमला डाइभर्सन भए चार वटा जिल्लाका किसानलाई बाह्र मासै खेतीका लागि पानी पुग्न सक्छ, विष्णुपुर गाउँपालिकाका अध्यक्ष समेत रहेका यादवले भने, उपभोक्ता समितिको प्रतिनिधि मण्डलले माग गरेर सुनेनन् अब हामी सिरहा र धनुषाका सबै गाउँपालिका र नगरपालिकाका अध्यक्ष र प्रमुखहरुमार्फत यो कुरा केन्द्रमा उठाउनेछौं ।
उनका अनुसार, सुनकोशी कमला डाइभर्सनको कुरा २०१५ सालदेखि नै चर्चामा चलेको कुरा हो । सुनकोशीबाट कमलामा पानी ल्याई कमला नहरबाट सिंचाई गर्ने उद्देश्यले नै कमला नहरको निर्माण २०१७ सालमा भएको हो । सप्तकोशी सिंचाई अन्तर्गत रहने गरी सुनकोशी कमला डाइभर्सनको प्रारम्भिक अध्ययन समेत डेढ वर्ष अगाडि नै भइसकेको बताइएको छ ।
खुर्कोटदेखि तलको सुनकोशीबाट २२ किलोमिटर टनेलि· (पहाडी सुरु·) खनेपछि सुनकोशीको पानी कटारीको तावाखोलामा ल्याउन सकिने र तावाखोलाबाट त्यो पानी कमला नहरमा झार्न सकिने अवस्था छ, कमला हर्दिनाथ सिंचाई व्यवस्थापन डिभिजन कार्यालय का डिभिजन इञ्जिनियर गौतम ठाकुरले भने, यो स्वप्निल परियोजना पुरा भयो भने प्रदेश नं. २ को लागि यस क्षेत्रको चार जिल्ला कृषि क्रान्तिको लागि उर्भर भूमिको रुपमा परिणत हुन सक्छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »