कहाँ छन् मेरा छोरा ?

प्रकाशित समय 7:48:00 PM
अवधेशकुमार झा
राजविराज, ३१ जेष्ठ  । खर्साल टोल, राजविराज नगरपालिकाकी ६० वर्षीया मुगिंयादेवी राम (चमार) को बिहानी आँसुबाट सुरु हुन्छरु । राति आँखा नलागुन्जेल उनी आँसुमै डुबिरहन्छिन । जीवनको उत्तरार्धमा मुगिंयादेवी आँसुमा डुब्नुको पछाडिको कारण हो, वैदेशिक रोजगारीमा गएका उनका जेष्ठा छोरा इन्द्रदेव राम ८ वर्षदेखि सम्पर्क्विहीन हुनु ।
इन्द्रदेव सन् २००९ मा रोजगारीका लागि कतार गएका थिए । तर उनी गएको एक वर्षपछि सम्पर्क्विहीन भए । बुढेसकालको सहारा यसरी हराएपछि मुगिंयादेवी निकै चिन्तित देखिन्छिन । २ छोरा र १ छोरीका बुबा इन्द्रदेव घर चलाउने एक्ला व्यक्ति थिए ।
‘एकपटक ५० हजार त्यसपछि क्रमशस् २५, ३० र ६ हजार रुपैयाँ पठायो,  आमा मुगिंयादेवीले भनिन, ‘गएको एक वर्षसम्म छोरासँग सातामा टेलिफोनमा कुरा हुन्थ्यो ।  उनका अनुसार अन्तिम पल्ट कुरा हुँदा इन्द्रले केही दिनभित्रै घर फर्किने बताएका थिए । उनले भनिन, ‘तर त्यसपछि उनको फोनै लाग्दैन, कहिलेकाहीं लागे पनि अर्कै मानिसले उठाउँछ, उल्टै हप्काउँछ ।  छोराले ८ वर्षअघि फोनमा घर आउने कुरा गरेको सम्झिएर भक्कानिएकी मुगिंयादेवीले भनिन, ‘छोरो घर त के आउनु फोन सम्पर्क पनि ८ वर्षदेखि छैन ।
घरमा आमा मात्रै होइन, श्रीमती र तीन नाबालक सन्तानले उनको फोनको प्रतीक्षामा ८ वर्ष बिताएरु । इन्द्रदेव भिसा नम्बर ०३२००९१६०९७६ बाट कतारको बिन अब्दुल रहमान ट्रेडिङ कम्पनीमा रोजगारीका लागि गएका थिएरु । पाँच वर्षका लागि रहेको राहदानीको म्यादसमेत समाप्त भइसकेको छ भने काम गर्न गएको कम्पनीमा पनि उनको कन्ट्रयाक्ट सकिएको छरु । ८ वर्षदेखि छोरा सम्पर्क्विहीन भएपछि वृद्ध आमा मुगिंयादेवीले पटक–पटक जिल्ला प्रशासन कार्यालय सप्तरीमा छोराको खोजखबरका लागि निवेदन दिइन । उनले राजधानी गएर दूतावाससमेत चहारिन । तर कहींकतैबाट पनि उनको छोरालाई खोजिदिने काम भएनरु । ‘सीडीओ अफिसदेखि दूतावाससम्म सबैले हप्काएर पठाए,  दलित चमार जातिकी मुगिंयादेवीले भनिन, ‘हामी गरिब दलितका कुरा सुनिदिने कोही भएनन । 
जिल्ला प्रशासन कार्यालय सप्तरीस्थित वैदेशिक रोजगारीसम्बन्धी सूचना केन्द्र पुगेकी उनले भनिन्, ‘कहींकतैबाट मेरो छोरा खोजिदिने काम भएन, मेरो बिन्ती सरकार समक्ष र्पुयाइदिनुस, उनको खोजी गरिदिओस ।  ‘सरकार, मेरो छोरा कहाँ छन, कुन अवस्थामा छन, खोजिदिनुर्पयो,  वृद्ध मुगिंयादेवीले भावुक हुँदै भनिन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »