एसईईको नतिजा सार्वजनिक, नतिजा यसरी थाहा पाउनुहोस् !

प्रकाशित समय 8:32:00 PM
भक्तपुर, ९ असार । २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका अनुसार परीक्षामा ४ लाख ५१ हजार ५ सय ३२ सहभागी भएकोमा २४ हजार २ सय ३४ जनाले ‘ए प्लस  ग्रेड अर्थात ३ दशमलव ६५ भन्दामाथि ४ सम्म जीपीए ल्याएका छन् ।
यस्तै ग्रेड ‘ए  अर्थात जीपीए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्म ल्याउने ४६ हजार १ सय ३० जना छन् भने ‘बी प्लस  ग्रेड अर्थात जीपीए २ दशमलव ८५ देखि ३ दशमलव २० सम्म ल्याउने विद्यार्थीको संख्या ३९ हजार ३७ जना रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 
यसैगरी ‘बी  ग्रेड अर्थात २ दशमलव २५ देखि २ दशमलव ८० सम्म जीपीए ल्याउने ७० हजार ५ सय १२ जना र ‘सी प्लस  ग्रेड अर्थात २ दशमलव ०५ देखि २ दशमलव ४० सम्म जीपीए ल्याउने ६१ हजार ८ सय ७० जना रहेको कार्यालयले जनाएको छ । 
सी ग्रेड अर्थात जीपीए १ दशमलव ६५ देखि २ सम्म ल्याउने १ लाख १ हजार ४३ जना र डी प्लस ग्रेड अर्थात जीपीए १ दशमलव २५ देखि १ दशमलव ६० सम्म ल्याउने ३५ हजार ५ सय ८४ जना छन् । कार्यालयका अनुसार ५८ हजार ६ सय ८८ जनाले डी ग्रेड अर्थात ० दशमलव ८५ देखि १ दशमलव २० सम्म जीपीए ल्याएका छन् ।
एक्जाम्टेडतर्फ २५ हजार १ सय ३८ जना सहभागि भएकोमा २ जनाले ए ग्रेड, १९ जनाले बी प्लस ग्रेड, १ सय ७७ जनाले बी ग्रेड ल्याएका छन् । यस्तै ७ सय २ जनाले सी प्लस, ५ हजार ८ सय ९५ जनाले सी ग्रेड, ६ हजार ५ सय २७ जनाले डी प्लस र ३ हजार १ सय ८ जनाले डी ग्रेड ल्याएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
नतिजा ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक भएको छ । नतिजा हेर्न मोबाइलमा एसईई टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर लेखेर ३५५६६ मा एसएमएस गर्नु पर्ने छ । आइभीआरतर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ । 
एसईईको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट mयभ।नयख।लउ, शिक्षा विभाग सानोठिमी भक्तपुरको मयभ।नयख।लउ, परीक्षा नियन्त्रक कार्यालय सानोठिमी भक्तपुरको लभद।नयख।लउ मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट कभभ।लतअ।लभत।लउ र एनसेल को वेबसाइट लअभिि।बहष्तब। अयm मा पनि नतिजा हेर्न सकिन्छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »