लागूऔषधसहित एक पक्राउ

प्रकाशित समय 7:46:00 PM
लहान, १२ असार । सिरहाको दक्षिणी सीमावर्ती माडरस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोली ले प्रतिबन्धित लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
माडरस्थित नेपाल प्रहरी र सशस्त्रको बोर्डर आउट पोस्टबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका १७ पटेर्वाबाट जाँचको क्रममा सिरहाको मिर्चैया नगरपालिका–६ बस्ने वर्ष २४ का किसन भनिने कृष्णकुमार मग्रातीलाई पक्राउ गरेको हो । प्रहरीले भारततिरबाट मग्राती चढेर आएको स. ७ प ४६२ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा शरीर र हेलमेटको कभरभित्र लुकाएर राखिएको लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन भेटवालले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक भेटवाल का अनुसार मग्रातीको शरीर र हेलमेटभित्र लुकाइएको प्रतिबन्धित औषधि लागूऔषध तीन सय ६० ट्याब्लेट नाइट्रोभेट, १६ ट्याब्लेट स्पास्मो प्रोक्सिवान, दुई थान डाईजेपाम्प, सिरिञ्ज दुई थान थान, स्पास्मो प्रोक्सिवान सिरिञ्ज दुई थान, फेनारगन दुई थान र फोटविन दुई थान समेत बरामद गरिएको छ । पक्राउ गरिएका मग्रातीलाई सोमबार सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
खानेतेलको टिनमा लागूऔषध  जिल्ला प्रहरी कार्यालय सिरहाको नजिकै रहेको सदरमुकाम सिरहाको मुख्य मानिने हेमनारायण चोकमा बेवारिसे अवस्थामा रहेको खानेतेलको टिनमा ८१ बोतल प्रतिबन्धित लागूऔषध फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार अपराह्न चोकमा शड्ढास्पद वस्तु भेटिएको सूचना पाए लगत्तै खटिएको प्रहरी टोलीले प्लाष्टिकको बोराभित्र खाने तेलको टिनमा लुकाइएको प्रतिबन्धित लागूऔषध भेटिएको हो । प्रहरीले खानेतलको टिनमा ८१ बोतल प्रतिबन्धित औषधि लागूऔषध डाइलेक्स डिसी बरामद गरी थप अनुसन्धान भई रहेको जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »