क्षमताभन्दा बढी चढाउ“दा यात्रुलाई सास्ती

प्रकाशित समय 7:44:00 PM
सन्तोष यादव
जनकपुरधाम, ३१ जेष्ठ । धनुषाको जनकपुरबाट चल्ने छोटो तथा लामो दूरीका सवारी साधनले तोकिएको सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका छन् । यसबाट बालबालिका, महिला र ज्येष्ठ नागरिक बढी समस्यामा पर्ने गरेका छन् । बढी यात्रु बोक्दा पनि ट्राफिक प्रहरीले नदेखेझैं गर्छन् । ट्राफिकले कारबाही नगर्दा बढी यात्रु बोक्ने सवारी साधनको मनपरी झन् बढेको यात्रुको गुनासो छ ।
सिन्डिकेट अन्त्य भएपछि सिट क्षमताअनुसार सवारी साधनले यात्रु राख्न पाउने अपेक्षा सर्वसाधारणको थियो । तर, सरकारले सिन्डिकेट अन्त्य भएको बताइरहे पनि जनकपुरमा त्यसको सकारात्मक प्रभाव देखिएको छैन । सार्वजनिक सवारी साधनको सास्तीबाट यात्रुले छुटकारा अझै पाएका छैनन् ।
जनकपुरबाट चल्ने लामो दूरीका लागि बसले यात्रु कोच्ने गरेका छन् । जनकपुरमा झापा, इटहरी, विराटनगर, लहानलगायत ठाउँका लागि १५ देखि २० मिनेटमै गाडी पाइन्छ तर कुनै पनि गाडी बस स्टेन्डबाट खाली छुट्दैनन् । बस स्टेन्ड पुगेर गाडी चढ्यो भने मात्र सिट पाइन्छ । रामानन्द चोक, पिडारी चोक वा अन्य ठाउँमा चढ्दा सिट पाउन मुस्किल हुन्छ । तर, सिट खाली छ भन्दै बसका सहचालकले झुक्याएर कोची–कोची चढाउने गरेको यात्रु सिकिन्द्र यादवले सुनाए ।
उनका अनुसार जनकपुरबाट छुट््ने सबै बसले क्षमताभन्दा बढी यात्रु कोच्ने गरेका छन् । ‘दुई दिनअघि लहानबाट जनकपुर आइपुग्दा पनि सिट पाएनौं , उनले भने, ‘करिब ८५ किलोमिटर यात्रा उभिएरै गर्नुप¥यो । खलासीले अगाडि सिट मिलाइदिन्छु भने पनि खाली भएन ।  जनकपुरबाट अन्यत्र जाने यात्रुले त झन् सास्ती खेप्नुपरिरहेको उनको भनाइ छ । अत्यधिक गर्मीका बेला पनि बसमा कोचेर चढाउँदा सास लिन पनि गाह्रो हुने गरेको अनुभव उनले सुनाए ।
बसले महिला, अशक्त र वृद्धवृद्धाका लागि आरक्षित सिट छुट्याउनुपर्ने हुन्छ । तर, सिट नछुट्याउँदा अपांगता भएका व्यक्ति र अशक्तसमेत बसमा उभिएरै कष्टकर यात्रा गर्न बाध्य छन् । सवारी साधनमा यात्रु कोचेर चढाउँदा भीडमा प्रायः महिला दुव्र्यवहारमा पर्ने गरे पनि बदनाम हुने डरले केही नबोल्ने गरेको अधिकारकर्मी रेणु कर्णको भनाइ छ् ।
यात्रुको चाप बढे पनि सडकमा सवारी साधनको संख्या बढेको छैन । सिन्डिकेट अन्त्यपछि गाडी थपिने अनुमानसमेत थियो । तर, जनकपुरमा एउटै गाडी नथपिएको यातायात व्यवस्था कार्यालयले जनाएको छ । यातायातका अधिकृत सीबी योन्जनका अनुसार केही नयाँ गाडी रुट परमिटका लागि आए पनि प्रक्रिया पूरा गर्न सकेनन् । ‘उनीहरूलाई प्रक्रिया पूरा गरेर आउन भनेको छु , उनले भने, ‘त्यसपछि रुट परमिट दिन्छौं । 
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक दीपक साहले सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कारबाही गर्ने गरेको दाबी गरे । बस स्टेन्ड र मुजेलियामा जाँच गरी बढी यात्रु र सामान लोड गरेको पाइए झार्ने गरिएको उनको भनाइ छ । भने, ‘बढी यात्रु चढाउनेजस्ता ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गर्दा दैनिक ५०–६० हजार रुपैयाँ राजस्व असुली भइरहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »