असारे विकास काम सन्पन्न नहुँदै भत्कियो पुल

प्रकाशित समय 8:35:00 PM
कमलेश यादब
सिरहा, १० असार । सिरहाको गोलबजार नपा २ को पर्यटकिय स्थल गुम्विखाडि दह जोड्ने मैनाबत्ति खोलामा बन्दैगरेको पुल बाढिले भत्काएको छ । राष्ट्रपति चुरे मधेस संरक्षण विकास समितिको ४५ लाख लागतमा उपभोक्ता समितिमाफर्पत बन्दै गरेको पुल शनिवार विहान आएको बाढीले भत्काएको हो । 
खोलाको वहावलाई ख्यालै नगरी हचुवाको भरमा होमपाईप लागाएर पुल बनाएकोले पानीको गतिधेरैभएर पुलभत्किएको स्थानीय रामदयाल साहले बताए । उनले स्थनीयले चुरेक्षेत्रको खोला भएकाले यहाँ झाडीहरु समेत बगाएर ल्याउने भएकाले यहाँ होमपाईपले काम नगर्नेभन्दा पनि विकास समितिले जवर जस्ती होमपाईप लागाएको बताए । त्यसमा पनि असारकोवेलामा कामगरेर समितिले बजेट झ्वामपोर्ने योजना बनाएको आरोप स्थानीय लगाएको छ ।  
अर्का स्थानीय संजय कुमार साहले स्थानीय आवश्यकता भन्दा पनि विकास  समितिले मनमाना तरिकाले योजना लादेको आरोप लगाए । उनले भने यहाँ होमपाइमको कुनै कामै छैन, तर यहाँ होमपाइपलगाएर बजेट दुरुपयोग हुने मात्र जनाए । उपभोक्ता समितिका अध्यक्ष ताराबहादुर सुनवारले आफूहरुले विकास समितिले दिएको डिजाइन स्टिमेटकै आधारमा काम गरेको जनाए । उनलेभने, ‘हामी लाई राष्ट्रपति चुरे मधेस संरक्षण विकास समितिले दिएको डिजाइन स्टिमेटको आधारमै पूल बनाएका हौं, हामीले यसमा कुनै हेरफेर गर्नै सक्दैनौ ।
उनले उपभोक्ता समितिको यस मा कुनै कमजोरी नरहेको जिकिर गरे । अध्यक्ष सुनवारले भने, ‘विकास समितिले खटाएको इन्जिनियरको निर्देशनमै हामीले काम गराइरहेका छौं, निर्माण सामाग्रीपनि सम्झौता अनुसारै प्रयोग भएको छ ।
साइड इन्जिनियरको रुमा काम गरिरहेका जलउत्पन्न प्रकोप लहानका इन्जिनियर रामकृपाल चौधरीले पुलको छेउमा प्रोटेक्सको काम गर्न नसक्दा कामगर्न नसक्दा पुलको केही भाग बाढीले क्षति भएको जनाए । ‘ढिलोगरी सम्झौता भएकाले समयमा काम सुरुगर्न नसक्दा पछि तारजाली नभेटिएको ले काम गर्न सकिएन र बाढीसँगै झारपात समेत आएर होमपाइप जाम भएकाले छेउबाट भङ्गालो भनाएर पानी बगेपछि पुलको 

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »