मिर्चैया नगरपालिकाको बजेट ४७ करोड र गोलबजार नगरपालिकाको बजेट ४२ करोड

प्रकाशित समय 9:49:00 PM
राम नारायण पंडित
सिरहा, ११ असार । मिर्चैया नगरपालिकाले अगामी आर्थिक बर्षका लागि ४७ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेका छन् । अगामी आर्थिक बर्ष २०७५÷०७६ का लागि आइतबार सम्पन्न दोस्रो नगरसभाले रु. ४७ करोड ७६ लाख ६८ हजारको अनुमानित बजेट प्रस्तुत गरेका छन् । 
आन्तरिक आयतर्फ रु. १ करोड ५ लाख, राजस्ब बाडफाड (नेपाल सरकार) तर्फ रु. ८ करोड ८५ लाख ३१ हजार, सर्शत अनुदान (नेपाल सरकार) तर्फ रु. १४ करोड ४८ लाख, बित्तिय समानिकरण तर्फ रु. १३ करोड ५६ लाख, सर्शत अनुदान (प्रदेश सरकार) तर्फ रु. १ करोड, बित्तिय समानिकरण (प्रदेश सरकार) तर्फ रु. ३१ लाख ८० हजार, सामाजिक सुरक्षा तर्फ रु. ८ करोड १५ लाख ५७ हजार र सडक बोर्ड नेपाल तर्फ रु. ३५ लाख गरी ४७ करोड ७६ लाख ७८ हजारको अनुमानित रकम नगरपालिकाका मेयर श्रबण कुमार यादबले बिनियोजन गरेका हुन् । 
व्यायतर्फ चालु बित्तिय समानिकरण र राजस्ब बाडफाड खर्चमा रु. ९ करोड १८ लाख ५९ हजार, चालु सर्शत खर्चमा रु. १५ करोड ४८ लाख, समाजिक सुरक्षा भत्ता चालु तर्फ रु. ८ करोड १५ लाख ५७ हजार रहेको छ । त्यसैगरी, ब्याय तर्फ पुजिँगत (बित्तिय समानिकरण राजस्व बाडफाड) खर्चमा रु. १४ करोड ५९ लाख ५२ हजार, सडक बोर्ड नेपाल रु. ३५ लाख गरी चालु र पुजिँगत खर्चको कुल रकम ४७ करोड ७६ लाख ६८ हजार अनुमानित व्याय रहेका छन् । 
बजेटले नगरको बिकास, शिक्षा, स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता मा राखिएको नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए ।  
गोलबजार नगरपालिकाले अगामी आर्थिक बर्षका लागि ४२ करोड भन्दा बढीको बजेट गरेका छन् । आइतबार सम्पन्न एतिहासिक दास्रो नगरसभाले रु. ४२ करोड १३ लाख ६८ हजार अनुमानित बजेट प्रस्तुत गरिएको गोलबजारका मेयर देबनाथ साहले बताए ।
बाह्य आयतर्फ बित्तिय समानिकरण निर्शत रु. १४ करोड ७६ लाख, बित्तिय समानिकरण सर्शत रु. १६ करोड ५६ लाख, केन्द्रिय राजस्व बाडँफाडँबाट रु. ९ करोड  ४९ लाख ८४ हजार, प्रदेश बित्तिय समानिकरण सर्शत रु.१ करोड,प्रदेश राजस्व बाडँफाँड ३१ लख ८४ हजार गरी ४२ करोड १३ लाख ६८ हजार अनुमानित रहेका छन् । त्यसैगरी आन्तरिक आय ७ करोड ९ लाख रहेका छन् ।
बजेटले शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकतामा राखिएको नगरपालिकाका प्रशासकिय अधिकृत गिरीराज ज्ञवालीले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »