दलित समुदायलाई झुल

प्रकाशित समय 7:52:00 PM
सिरहा, १८ जेष्ठ । मधेसमा गर्मीसँगै लामखुट्टे बढेको छन । सिरहाको लहान, धनगढी, गोलबजार, मिर्चैया, सिरहा लगायत नगर र ग्रामीण क्षेत्रमा लामखुट्टेको वृद्धि प्रकोपकै रुपमा देखिएको छ । फोहोर पानी जम्ने स्थानमा लामखुट्टेले अत्यधिक बच्चा उत्पादन गर्छ । चिकित्सकका अनुसार तराईमा एलोफ्रिज र क्युलेक्स लामखुट्टे बढी देखिएको छ ।
ती लामखुट्टेको टोकाइबाट प्यारालाइसिस हुने सम्भावना बढी हुन्छ । एलोफ्रिज लामखुट्टेको टोकाइबाट मलेरिया र क्युले क्सको टोकाइबाट इन्सेफलाइटिस हुन्छ । लामखुट्टेको टोकाइबाट जोगिन सिरहाको धनगढीमाई नगरपालिकाका वडा ९, ११ र लक्ष्मीपुर पतारी गाउँपालिकाको ४ नम्बर वडाका हरूवा चरुवा भूमिहीन दलित बस्तीका १ सय २० परिवारलाई सामुदायिक विकास मञ्चले सुपानेट झुल वितरण गरेको छ । गरिबीको चरम अवस्थामा रहेका भूमिहीन दलित बस्तीका हरूवाचरुवा परिवारलाई तत्काल लामखुट्टेको टोकाइबाट हुने सम्भावित रोगको प्रकोपबाट जोगाउन सुपानेट झुल वितरण गरिएको मञ्चका अध्यक्ष विनोद चौधरीले जानकारी दिए ।
सिरहाका विभिन्न अस्पतालको तथ्यांकअनुसार दैनिक ४० जना ज्वरोको बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन्रु। बढदो गर्मी र वर्षासँगै सिरहाका अस्पताल र ग्रामीण भेगका स्वास्थ्य केन्द्रमा झाडापखाला र ज्वरोका रोगीको संख्या बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका अनुसार लहान अस्पताल, सिरहा अस्पताल तथा मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक ६० जनाभन्दा बढी झाडापखाला र ज्वरोका बिरामी आउने गरेका छन । बिरामी हुनेमा अधिकांश बालबालिका र वृद्धवृद्धा छन ।
चिकित्सकका अनुसार प्रत्येक दिन बढदै गएको गर्मी मौसमको प्रतिरोध गर्न नसक्दा बालबालिका र वृद्धवृद्धामा झाडापखाला र ज्वरोको असर बढी पाइएको छरु। चर्को घाम र गर्मीका कारण दिउँसो बजार क्षेत्रमा सर्वसाधारणको चहलपहलमा समेत कमी आएको छरु। स्वास्थ्य केन्द्रमा जीवनजल छैन झाडापखाला लागेपछि गाउँमा अवस्थित स्वास्थ्य केन्द्र पुगेकी लहान नगरपालिका–१७ की ३० वर्षीया सरोदेवी रामले उपचार त पाइन तर स्वास्थ्य केन्द्रमा निःशुल्क उपलब्ध हुनुपर्ने औषधि भने पाइनन्रु। उनले लहान बजारबाट पखाला रोक्न जीवन जल र मेट्रोन औषधि किनेर खाइन ।
सोही स्वास्थ्य केन्द्रमा झाडापखाला लागेपछि पुगेकी मनिता कुमारी खत्वे मण्डल र रामपुकार सदायले पनि जीवन जल निजी पसलबाट किनेर सेवन गरेरु। कारण, स्वास्थ्य केन्द्रमा जीवन जल र मेट्रोन औषधि छैन । स्वास्थ्य केन्द्रमा वितरण गरिने ३५ प्रकारको निस्शुल्क औषधिको सूची झुन्ड्याइएको छ । तर केन्द्र पुग्ने जोकोही जीवन जल समेत नपाउँदा रित्तो हात फर्किन बाध्य छन ।
केन्द्रका अहेव उमेशचन्द्र यादवले चार दिनदेखि जीवन जल समेत सकिँदा उपचारका लागि आउने बिरामीलाई सिटामोल र स्काबिजका लागि लोसन मात्र दिन सक्ने अवस्था रहेको बताए । उनका अनुसार केन्द्रमा दैनिक २५ देखि ३५ बिरामी आउँछन । तीमध्ये अधिकांश झाडापखाला, स्काबिज र ज्वरोको बिरामी हुन्छन्रु। ‘ज्वरोको बिरामीलाई सिटामोल र स्काबिजकालाई लोसन दिएर पठाउने गरेका छौं,  उनले भने, ‘औषधि अभावकै कारण बिरामीलाई उपलब्ध गराउन सकेका छैनौं ।
लहान नगरपालिका–१७ स्थित स्वास्थ्य केन्द्र मात्र होइन सरकारले नगरपालिका र गाउँपालिकामार्फत औषधि उपलब्ध गराउने व्यवस्था गरे पनि अधिकांश स्थानीय निकायले समयमै औषधि खरिदका लागि टेन्डर आहान समेत गर्न नसक्दा सिरहा अधिकांश स्वास्थ्य केन्द्रमा औषधि अभाव छ । जसका कारण सर्वसाधारण आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको छ । कतिपय स्थानीय निकायले औषधि खरिद गरे पनि अधिकांश स्थानीय तहमा दलीय टकरावका कारण औषधि खरिद हुन सकेको छैन ।
लहान नगरपालिका–१७ का वडाध्यक्ष प्रथमलाल चौधरीले औषधि खरिदका लागि वडाको बजेटबाट ५० हजार विनियोजन गरेको रकमबाट भए पनि औषधि खरिद गरी अभाव हुन नदिने बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »