डाक्टर बन्ने सपना बुन्दै पवन र रुपा

प्रकाशित समय 4:13:00 AM
राम बाबु यादब
सिरहा, २४ असार । सिरहाको कल्याणपुर–११ स्थित दलित वस्तीका पवन मल्लिक डोम र रुपा खत्वे मण्डल डाक्टर बन्ने सपना बुन्दै दिनहुँ विद्यालयमा अध्ययन गर्न जाँदैछन् ।
दलित समुदायमध्येको अति पिछडिएको डुम जातिका वालवालिकाहरु प्रायस् विद्यालय जान पाउँदैनन् तर पवन मल्लिक डोम भने विद्यालयमा अध्ययन गर्न मात्र होइन भविष्यमा डाक्टर बन्ने सपना बुन्दै दिन नबिराई विद्यालय जाने गर्छन् । रुपा खत्वे मण्डलको सपना पनि पवन मल्लिक डोमको जस्तै छ ।
दुवैलाई गत वैशाख ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गर्दै भविष्यमा डाक्टर इञ्जिनियर बनाउने घोषणा गर्नुभएपछि दुवैमा डाक्टर बन्ने सपना पलाएको हो । प्रधानमन्त्रीले अभिभावकत्व ग्रहण गरेपछि उनीहरुको पठनपाठनको सम्पूर्ण खर्च नेपाल सरकारले नै व्योहोर्ने भएको हुँदा उनीहरुलाई आफ्नो सपना पुरा गर्न सजिलो भएको छ । 
प्रधानमन्त्रीले अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई कल्याणपुरको रामदुलारी माध्यमीक विद्यालयमा कक्षा १ मा भर्ना गरी विद्यालय पोशाक, भसेला तथा अध्ययन सामग्री समेत प्रदान गरेको थियो । ‘दुवैको पढाई राम्रो छ अनि दुवै मेहेनेती छन् , पवन र रुपाकी शिक्षिका विनावती महतोले भने, थोरै समयमा यिनीहरुको पढाईको प्रगति हेर्दा आ–आफ्नो सपनालाई विपनामा परिणत गर्न सक्षम हुन्छन् जस्तो लाग्छ हामीलाई ।
विद्यालयका प्रधानाध्यापक लालदेव साहले उनीहरुको पढाई र देखरेखमा कुनै त्रुटी नराखेको बताए । पवन र रुपा विद्यालय आएको देखेपछि दलित समुदायका अन्य विद्यार्थीहरु पनि विद्यालय आउन थालेको प्रअ साहले जानकारी दिए ।
मैलै प्रधानमन्त्री कस्तो हुन्छ भनेर देखेको समेत थिइन, रुपाकी आमा कौशिला मण्डलले भने, प्रधानमन्त्रीले नै अभिभावकत्व ग्रहण गरेर छोराछोरी पढाउँछौ भन्दा हामीहरु ढुक्क भएका छौं । अब मेहेनेत र मजदुरी गरेर भए पनि अरु केटाकेटीलाई आपस्ैं पढाउछौं ।
पवन मल्लिक डोमका पिता भोगेन्द्र मल्लिक र आमा अमिरा मल्लिक डोम पनि आफ्नो छोरा डाक्टर हुनेमा ढुक्क छन् । बरु एक छाक छोडेर भए पनि पवनलाई खुवाउँछौ तर उसलाई पढाइबाहेक कुनै काममा लगाउँदैनौ, पवनका पिता भोगेन्द्र मल्लिक डोमले भने, हामी डोमहरुको दिन पिस्र्दैन जस्तो लागेको थियो तर प्रधानमन्त्रीका कारण हाम्रो बालबच्चाले पनि पढ्न पाउँछन् भन्ने विश्वास जागेको छ । 
पवन मल्लिक डोम र रुपा खत्वे मण्डल मात्र होइन, कल्याणपुरकै दलित वस्तीका सोनु कुमार खत्वे र राहुल कुमार महरा चमारको पनि सपनाको खाका तयार हुँदैछ । सोनुलाई शिक्षा तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरलले तथा राहुललाई प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले अभिभावकत्व ग्रहण गर्दै अध्ययन गराउँदै हुन्छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »