सेलाउ“दै लहानको आ“प बजार

प्रकाशित समय 1:44:00 AM
राम बाबु यादब
सिरहा, ३२ असार । आँप सड्ढलनको प्रमुख केन्द्र मानिने लहानमा आँपको बजार सेलाउन थालेको छ ।
बगैंचामा सबैभन्दा स्वादिष्ट जातिको आँप माल्दह सकिन लागेपछि त्यसको प्रत्यक्ष असर लहानको आँप बजारमा परेको हो । हावाहुरीको कारण प्रारम्भमा बजारमा आउने बम्बई जातको आँप मह·ो भए पनि प्रशस्त मात्रामा फलेको माल्दह आँप सस्तिदा सर्वसाधारणले राहत महसुस गरेका थिए ।
सुरुमा हामीले बम्बई जातको आँप प्रति केजी एक सय रुपियाँभन्दा बढी हालेर खायौं तर पछि त्यो ५० रुपियाँमा झ¥यो, लहान चौककी विमला केसीले भने, बम्बई आँप मह·ोमा खाइयो तर माल्दह आँप त नसोचेकै रुपमा सस्तोमा पायौं ।
उनका अनुसार, माल्दह आँप बजारमा भित्रिदा सुरुमै ३५ रुपियाँ केजी थियो । पछि त्यो १५ रुपियाँ प्रति केजीसम्ममा झ¥यो । अहिले सकिने अवस्थामा ४० रुपियाँ केजीमा पुगेको छ । माल्दह सस्तिदा लहानबाहिर रहने आफन्तलाई आँपको कोसेली पठाउन स्थानीयबासीको भीड आँप बजारमा टन्नै देख्न पाइन्थ्यो । लहानका स्थानीय बासिन्दाले मात्र होइन, पुर्व पश्चिम यात्रा गर्ने यात्रुहरुले समेत आफ्नो सवारी साधन रोकेर आँप लिएर आफूसँग लैजान्थे ।
माल्दह आँपको सस्तिदो भाउले माल्दहपछि आउने आम्रपाली, दशहरी, किशनभोग तथा कल्कतियाँ जातको आँप पनि सस्तो हुने आँप व्यवसायी रामचन्द्र पण्डित बताउछ । ग्राहकले सबैभन्दा मन पराउने भनेको नै माल्दह हो, पण्डितको कथन छ, माल्दहपछि आम्रपाली, दशहरी र किशनभोग लैजान्छन् तर कल्कतिया भने छुँदै छुँदैनन् ।
बम्बई र माल्दहले अघाएका स्थानीय उपभोक्ताहरुले आँपको अचार बनाउन कल्कतिया आँपको प्रयोग गर्छन, लहानको आँप बजारका खुद्रा आँप विक्रेता रामउद्गार राम भन्छ, त्यसैले माल्दहको सिजन सकिनेबित्तिकै आँपको व्यापार पनि मन्दा हुँदै जान्छ । यो बेला आँपमा लगानी गर्नु भनेको हाम्रो लागि घाटाको व्यापार मात्रै हुन जान्छ ।
आँपको थोक विक्रेता सुरेश मण्डल भने कल्कतिया आँपको माग काठमाण्डौमा बढी हुने गरेको बताउनु हुन्छ । अन्य आँपभन्दा कल्कतिया आँपको भाउ तुलनात्मक रुपमा सस्तो हुने भएकोले काठमाण्डौंका उपभोक्ताहरुले कल्कतिया आँप बढी मगाउने गरेको पाइन्छ, मण्डलले भने, खै किन हो त्यहाँका व्यापारीले पनि कल्कतिया आँप बढी नै पठाइदिनुस् भनेर हामीलाई फोन गर्ने गर्दछन् तर यहाँका उपभोक्ताले अचारमा हाल्नुदेखि बाहेक कल्कत्तिया आँप छुँदैनन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »