मुसहर वालवालिका भर्ना अभियान भन्दा बाहिर परेकाले चिन्ता

प्रकाशित समय 4:15:00 AM
राम बाबु यादब
सिरहा, २५ असार । मुसहर समुदायका वालवालिका पहिलो चरणको विद्यार्थी भर्ना अभियानमा पर्न नसकेकोमा यहाँ चिन्ता व्यक्त गर्न थालिएको छ ।
जिल्ला समन्वय समिति सिरहाद्वारा सिरहा सदरमुकाममा जिल्लाका उच्च पदाधिकारी, शिक्षा विकास तथा समन्वय इकाईका अधिकृतहरु तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको सहभागितामा आयोजित दोश्रो चरणको विद्यालय भर्ना अभियानसम्बन्धि छलफल कार्यक्रममा उक्त चिन्ता व्यक्त गरिएको हो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख पिताम्बर गौतमले सिरहामा चालु शैक्षिक शत्रको भर्ना अभियानको पहिलो चरणमा वाल विकास केन्द्रमा सात हजार ९३८ तथा कक्षा १ मा ११ हजार ७६५ विद्यार्थी भर्ना भएको जानकारी दिए । गत वर्ष यस अवधिमा वाल विकास केन्द्रमा सात हजार ७२२ तथा कक्षा १ मा १० हजार १४५ विद्यार्थी भर्ना भएको थियो । पोहोर सालको तुलनामा चालु भर्ना अभियानमा वाल विकास केन्द्रमा २१६ तथा कक्षा १ मा एक हजार ६२० बढी विद्यार्थी भर्ना भएको उनले बताए ।
इकाईले पोहोर सालको तुलनामा चालु शैक्षिक शत्रको प्रगति राम्रो रहेको देखाए पनि सिरहाका स्थानीय तहका प्रतिनिधिहरुले भने पहिलो चरणको भर्ना अभियानले दलित समुदायमध्ये सबैभन्दा पिछडिए को समुदाय मुसहर समुदायका वालवालिका विद्यालय भर्नाबाट टाढै रहेको गुनासो गरेका छन् ।
मुसहर समुदायका वालवालि का अहिलेसम्म विद्यालयमा भर्ना हुन सकेका छैनन्, सुखीपुर नगरपालिकाका प्रमुख राम अवतार यादवले भने, उनीहरु लाई भर्ना गर्न भनेर विद्यालय लिएर गइन्छ तर भोलिपल्टै उनीहरुलाई ईंटाभट्टा र होटलमा काम गरिरहेको देखिन्छ । मुसहर समुदायमा विहे भएपछि छोरी अन्माउनुको साटो ज्वाईलाई नै भित्र्याउने चलन छ जसले गर्दा अधिकांश वालवालिकाको जन्मदर्ता हुन सकेको छैन, उनले भने, जन्मदर्ता नबनेका कारण पनि धेरै मुसहर वालवालिकाको भर्ना हुन सकेको छैन ।
यदाकदा अभिभावकलाई दवाव नै दिएर भए पनि हामी मुसहर समुदायका वालवालिका लाई विद्यालय पठाउँछौ तर पनि वालविकास केन्द्रबाट आधारभुत कक्षामा उक्लिने बित्तिकै मुसहर वाल वालिकाहरु विद्यालय बाट बाहिरिन थाल्छन्, धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरिनारायण चौधरीले भने, जबसम्म मुसहर जातिकै मुख्य समmयाको रुपमा रहेको जिविकोपार्जन र बसोबासको चूनौति केन्द्रिय mतरबाट सम्बोधन गरिदैन तबसम्म मुसहर समुदायका वालवालिकालाई विद्यालय पठाउन गा¥हो छ ।
औरही गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले मुसहर समुदायका वालवालिकालाई विद्यालय भर्ना गराउनुको साथै तिनका अभिभावकहरुलाई समेत आयआर्जनमा लगाउन सके मात्र मुसहर वालवालिकाका निमित्त पढ्ने वातावरणको सिर्जना हुन सक्ने बताए ।
सामुदायिक विकास मञ्चका अध्यक्ष विनोद चौधरीले हरुवा चरुवाको रुपमा सबैभन्दा बढी मुसहर समुदाय नै रहेकोले उनीहरुको उत्थानको लागि स्थानीय सरकारले समेत भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै मुसहर समुदायको बढी बसोबास रहेको स्थलमा नै आफूहरुले हरुवा चरुवा उन्मुलनको अभियान चलाइरहेको जानकारी दिए । ‘अहिले खेतीपातीको समय छ , उनले भने–यो अवधिमा दिनभरी श्रम गरेर न्यून ज्यालामै चित्त बुझाउनु पर्ने मुसहर समुदायले थप ज्याला आर्जन गर्न विद्यालयको साटो स–साना वालवालिकालाई आफूसँगै खेतमै लैजाने गरेका छन् ।
नेपालमा मुसहर समुदायको जनसँख्या दुई लाख ९९ हजार ९९७ छ । जसमध्ये सबैभन्दा बढी सिरहा जिल्लामा मात्रै ४० हजारको हाराहारीमा रहेको मुसहर समुदायका अगुवा गुरुशरण सदाले जानकारी दिए । मुसहर समुदायसँग मिलेर काम गर्ने सँघसmँथाका अनुसार अहिले पनि सिरहा जिल्लामा दुई हजारभन्दा बढी मुसहर वालवालिकाहरु विद्यालय पहुँचभन्दा बाहिर रहेका छन् ।
कार्यक्रममा सबै स्थानीय तहले पहिलो चरणको भर्ना अभियानमा नसमेटिएका वाल वालिकालाई भर्ना अभियान मा सहभागी गराएर आउदो भदौ २५ गतेभित्र आ–आफ्ना स्थानीय तहलाई अनिवार्य आधारभुत शिक्षाको सुनिश्चितता भएको घोषणा गर्नुपर्ने र भदौ ३० गतेसम्म जिल्ला समन्वय समितिले सिरहा जिल्ला शिक्षाको सुनिश्चितता भएको जिल्लाको रुपमा घोषणा गर्नुपर्ने कार्यतालिका निर्धारित गरिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »