पर्यटकीय स्थल बनाइदै कोइरालो वन

प्रकाशित समय 6:10:00 AM
एम महतो
सिरहा, १० साउन । चुरेको फेदीमा रहेको सिरहाको लहान–१५ स्थित ढोढनाको सिमसार क्षेत्र कोइरालो वन अब चालु आर्थिक वर्षदेखि नै पर्यटकीय स्थलको रुपमा विकसीत हुँदैछ ।
स्थानीय सामुदायिक वन र जिल्ला वन कार्यालय सिरहा लहानको संयुक्त लगानीमा चालु आर्थिक वर्षमा कोइरालो वनमा रहेको कोइरालो खोलालाई दहको रुपमा परिणत गरेपछि त्यहाँ आन्तरिक पर्यटन प्रबद्र्धन हुने विश्वास व्यक्त गरिएको छ ।
ढोढनाकै प्रसिद्ध राजदेवी मन्दिरदेखि करीब आधा किलोमिटर पुर्वमा पर्ने उक्त सिमसार क्षेत्रलाई पर्यटकीय स्थल बनाउन आर्थिक वर्ष २०७४÷७५ देखि त्यहाँ लगानी गर्न थालिएको छ । कोइरालो सिमसार क्षेत्रमा स्थानीय वन उपभोक्ता समितिको प्रत्यक्ष रेखदेखमा नेपाल सरकारको २५ लाखको लगानी छ ।
यस वनमा रहेको करीब चार हेक्टर क्षेत्रफलको दहमा प्रचण्ड गर्मीमा समेत पानी सुकेको पाइदैन, कोइरालो सामुदायिक वन उपभोक्ता समितिका सचिव रुद्रनारायण चौधरीले भने, यहाँको दहमा पानी नसुक्ने भएकोले यस क्षेत्रलाई पर्यटकीय स्थलमा परिणत गर्न वन कार्यालयलाई आग्रह गरेपछि यसपालिदेखि बल्ल काम सुरु भएको छ ।
सचिव चौधरीका अनुसार, ६० हेक्टरमा फैलिएको उक्त वन क्षेत्रभित्र करिब १० हेक्टर भुभाग सिमसार क्षेत्रभित्र पर्दछ । सिमसार क्षेत्रभित्रको चार हेक्टर जलाशयलाई सफा गरी त्यहाँ बोटि· चलाउने तयारी भइरहेको छ । सालको रुखले भरिएको उक्त वन क्षेत्रभित्र बोटि·बाहेक पर्यटकहरुका लागि गर्मी छल्न ठाउँ ठाउँमा गोलघर, उद्यान तथा पार्क निर्माण गर्न लागिएको छ । 
पर्यटकीय पूर्वाधार सम्पन्न भए पश्चात कोइरालो वन र चर्चित राजदेवी मन्दिरलाई जोड्ने सडक निर्माण गरी ती दुवै धार्मिक तथा पर्यटकीय स्थललाई टुरिज्म सर्कलभित्र गाभ्ने योजना रहेको लहान नगरपालिका वडा नं. १५ का वडा अध्यक्ष तेजनारायण चौधरीले जानकारी दिए । भाकल पुरा गराउन प्रत्येक वैशाख पूर्णिमामा ठूलो सँख्यामा वलि पुजन हुने राजदेवी मन्दिरमा प्रत्येक शनिवार ठूलो घुईंचो लाग्ने गर्दछ । राजदेवी माताको दर्शन गर्न जाने भक्तालुहरुलाई कोइरालो वनको सिमसार क्षेत्रमा ल्याउने योजना आफूहरुको रहेको अध्यक्ष चौधरीले बताए ।
धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका ती दुवै स्थललाई जोड्न सके यहाँको विकासमा प्रशस्त टेवा पुग्ने भएकोले हामीले कोइरालो वनलाई पर्यटकीय वनको रुपमा रुपान्तरण गर्न खोजेका हौं, जिल्ला वन कार्यालय सिरहाका जिल्ला वन अधिकृत सुनिल कुमार सिंहले भने, अघिल्लो आर्थिक वर्षदेखि काम थालेको यस क्षेत्रमा चालु आर्थिक वर्षको असार मसान्तसम्म पुरै सिमसार क्षेत्रलाई जलाशय क्षेत्रमा परिवर्तन गरी ¥यागिर्नेछट· समेत चलाउने तयारी गर्दैछौ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »