फेरि सुरु हु“दै गा“जाको कारोबार

प्रकाशित समय 1:46:00 AM
राम बाबु यादब
सिरहा, ११ साउन । केही महिनादेखि बन्द भएको गाँजाको अवैध ओसारपोसार तथा कारोबार सिरहा प्रहरीको नेतृत्व परिवर्तन भएसँगै पुनः सुरु हुँदैछ ।
जिल्ला प्रहरी कार्यालय सिरहामा प्रहरी उपरिक्षक, प्रहरी नायव उपरिक्षक तथा इलाका प्रहरी कार्यालय लहानको प्रमुखको रुपमा प्रहरी नायव उपरिक्षक सबै नयाँ आएलगत्तै लागुऔषधका कारोबारीहरुले आफ्नो धन्दा पुनः सुरु गर्न थालेका छन् । डेढ महिना भित्रको अवधिमा सिरहामा प्रहरी उपरिक्षक जीवन श्रेष्ठ, प्रहरी नायव उपरिक्षक माधव खरेल तथा लहानमा प्रहरी नायव उपरिक्षक राजेश थापाले नेतृत्व सम्हाल्नुभएको छ ।
प्रहरीको नयाँ नेतृत्व आउनेबित्तिकै उनहरुलाई सबै कुरा थाहा नहुने र यसैबीचमा लागु औषध तथा तस्करहरुले आफ्नो धन्दा सुचारु गर्दै सेटि· मिलाउने प्रयास गर्ने गर्दछन् तर लहान नगरपालिका–१७ स्थित एकरतिया गोविन्दपुरमा गत सोमबार साँझ लहान प्रहरीले आठ जना कारोबारीसहित ५६ केजी गाँजा एकै स्थानबाट बरामद गरेपछि तस्करहरुको तस्करीको प्रयास र सेटि· विफल भएको छ ।
तस्करहरुले विभिन्न स्थानबाट सड्ढलन गरेर ल्याएको तयारी अवस्थाको गाँजा तौलेर पिठ्यु पछाडि बोकिने झोलामा गाँजा प्याकि· गरेकै बखत हामी पुगेर उनीहरुलाई र·ेहात पक्राऊ ग¥यौ, इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रनाउ राजेश थापाले भने, यसअघि बोरामा हालेर गाँजा तस्करी गरेको देखिएको थियो तर यसपालि यिनीहरुले कपडा बोक्ने झोलामै प्याकि· गरेका रहेछन् ।
प्रारम्भिक अनुसन्धानबाट उनीहरुले प्याकि· गरिएको झोला बोकेर बलान खोलाको किनारैकिनार भारतसम्म पु¥याउने तयारी गरेका रहेछन्, प्रनाउ थापाले भने, गाँजा तस्करीको यो तरिकाले जिल्लाको अन्य क्षेत्रबाट समेत गाँजाको तस्करी र कारोबार हुन्छ कि भनेर हामीले थप सतर्क हुनुपर्ने अवस्था आएको छ ।
प्रहरीका अनुसार, बोरामा प्याक गर्दा सबैेले शड्ढा गर्छन् भनेर तस्करले सात÷सात केजीको दरले प्लाष्टिकको झोलामा प्याक गरी त्यसलाई कपडाको झोलामा हालेका थिए । पक्राऊ परेका आठ जनामध्ये लहान नगरपालिका–४ निवासी ४५ वर्षीय सत्यनारायण साह तथा नहरा भगवानपुर–१ निवासी उमेश कुमार यादव गाँजा कारोबारी र अन्य भरियाहरु रहेको बताइएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »