होटलबाट मेयरसहित पाँच पक्राउ

प्रकाशित समय 4:27:00 AM
फणि महत
चन्द्रपुर, २७ असार । गढीमाई नगरपालिकाको मेयरसहित पाँच कर्मचारी पक्राउ परेका छन् । होटलको कोठा भाडामा लिएर विभिन्न योजनाको भुक्तानी दिएको पाइएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले उनी हरुलाई नियन्त्रणमा लिएको हो ।
मेयर श्यामप्रसाद यादव, प्रमुख कार्यकारी अधिकृत नरबहादुर विक, लेखापाल विमल मिश्र, नायव सुब्बा करपुरी ठाकुर, कार्यालय सहायक अजयकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । चन्द्रनिगाहपुरस्थित एक होटलमा कोठा लिएर बिहानैदेखि उपभोक्ता समितीका पदाधिकारीलार्य बोलाएर कमिशन माग्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेको दाबी प्रहरीको छ ।  गोप्य सूचनाको आधारमा जिल्ला प्रशासनले प्रहरी खटाएको थियो ।
उनीहरुको साथबाट प्रहरीले चेकबुकलगायत अन्य विभिन्न काजजात बरामद गरेको छ । मेयर यादवले कुनै अनियमितता नगरेको बताउदै आफू हेटौडा जाने क्रममा कार्यकारी प्रमुखले बोलाएर होटलमा गएको बताएका छन् । कर्मचारीले भने कार्यालयमा भिड भएकाले कर्मचारीको तलबको चेक होटलमा बसेर काटेको बताएका छन् । होटलमा बसेका केही कर्मचारीले भने नगरपरिषदको तयारीका लागि होटलमा बैठक बसेको दाबी गरेका छन् । मेयरसहित कर्मचारी पक्राउ परेको होटल गढीमाई नगरपालिकाको कार्यालय भन्दा  ३० किलोमिटर टाढा छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »