मधेस आन्दोलनका घाइतेलाई जनही ३ लाख प्रदान

प्रकाशित समय 12:07:00 AM
तुलसी भण्डारी
वीरगन्ज, २ साउन ।  प्रदेश–२ को सरकारले मधेस आन्दोलनका घाइतेलाई आर्थिक सहयोग गर्न थालेको छ । गएको असार ११ गते प्रदेश सरकारले गरेको निर्णयअनुसार २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रदेश सरकारको तर्फबाट मधेस आन्दोलनका क्रममा घाइते भएका पर्साका २ जनालाई उनीहरूको घरैमा पुगी जनही ३÷३ लाख आर्थिक सहयोग गरेका हुन् । उनले मुख्यमन्त्रीको कार्यालय प्रदेश नम्बर २ जनकपुर धामको बजेट रकम नम्बर २६४११ बाट कट्टा हुने गरी सो रकम उपलब्ध गराएका छन् ।
२ नम्बर प्रदेश सरकारले गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा मधेस आन्दोलनका घाइतेलाई आर्थिक सहयोग गरिएको उनले सो क्रममा बताए । मंगलबार मुख्य मन्त्री गद्दीले पर्साको सखुवा प्रसौनी स्थित महुवन, बलुवाका पानालाल प्रसाद यादव र वीरगन्ज महानगरपालिका वडा नम्बर २८ बलुहीका मुन्सी पटेललाई जनही ३रु३ लाखको एसीपेयी चेकमार्फत आर्थिक सहयोग हस्तान्तरण गरे । मधेस आन्दोलनका घाइतेको अवस्था हेरी २५ हजार देखि ३ लाखसम्म दिने गरेको निर्णयअनुसार पर्साका पूर्ण घाइतेलाई जनही ३रु३ लाख प्रदान गरिएको उनको भनाइ छ । 
यादवले ०७२ भदौ १४ गते राधेमाईमा घाइते भएका र मन्सी पटेल संविधान जारी भएको दिन अथवा असोज ३ गते माइस्थानमा घाइते भएको उनीहरूले बताए । यादवको दाहिने खुट्टा र पटेलको ढाडमा समस्या रहेकोले उनीहरु हिँडडुल गर्न सक्ने अवस्था छैनन् । घाइते भएपछि यादवले काठमाडौं को बीएनडबी र दिल्लीको एमस् अस्पताल लगायतमा गरी ४३ लाख खर्च गरिसेको र पटेलको पनि विभिन्न सहयोगीहरूले दिएको समेत गरी झन्डै २५ लाखभन्दा बढी खर्च गरिसकेको बताए । अहिलेसम्म यादवलाई सखुवा प्रसौनी गाविसले ५ लाख र नेपाल सरकारले ३ लाख तथा मंगलबार २ नम्बर प्रदेश सरकारले ३ लाग गरी ११ लाख आर्थिक सहयोग मिलेको बताए । 
त्यसैगरी, पटेलले भने एकवर्ष नियमित अस्पताल बस्ने क्रममा विभिन्न सहयोगीहरू र मंगलबारसहित झन्डै १२ लाख जति नै सहयोग मिलेको उनका सहयोगी प्रकाश थारूले बताए । डेड महिनामा आफूले नै झण्डै ७ लाख जति जोहो गरेर उपलब्ध गराई दिएको उनको भनाइ छ । घाइते दुवैले काठमाण्डौ र इण्डियाका विभिन्न अस्पताल चाहारीसकेको तर ठीक हुन नसकेको तर्क गरेका छन् । आफूहरू बेड परेपछि आ–फ्नोना बालबच्चा र परिवार पाल्न तथा निरन्तर उपचारमा खर्च गर्न आफ्नो तर्फबाट हुने जति सबै गरिसकेको उनीहरुको तर्क छ । 
यता, मुख्यमन्त्री गद्दीले यो वर्षातमा आएको बाडीबाट पर्सामा ज्यान गुमाएका पर्सागढी ८ का सुरेन्द्र महतो, प्रतिमा राम र वीरगन्ज महानगरपालिका वडा नम्बर २७ का आलोक यादवका परिवारलाई पनि जनही ५० हजारका दरले आर्थिक सहयोग गरेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »