सिरहामा भेटिए ७९ जना कुष्ठरोगी

प्रकाशित समय 12:15:00 AM
मणिलाल विश्वकर्मा
लहान, ५ साउन । सिरहामा ७९ जना कुष्ठरोगी भेटिएका छ । चेतना र अज्ञानताको कारणले उपचार गर्नुभन्दा पूर्व जन्मको पाप भन्दै दुव्र्यवहार गरिने क्रम नरोकिएकाले सिरहामा कुष्ठरोगी को संख्या हरेक वर्ष बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।
धनगढीमाई नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत विलटनारायण रायका अनुसार रोगको पहिचान भई औषधि सेवन गरिरहेका ४३ पुरुष र ३६ महिला गरी कुल ७९ जना कुष्ठरोगी रहेका छन् । कुष्ठरोग निवारण अभियानका क्रममा नगरपालिकाको फूलकहाकट्टी, हनुमाननगर, भवानीपुर र नयनपुरमा गरी छ जना  शरीरमा रातो फुस्रो नचिलाउने दाग, अनुहार तथा कानको लोती बाक्लो हुने, नशा झमझमाउने, गिर्खा निस्किने भएमा कुष्ठ रोगको लक्षण हुन सक्ने राय बताए । समयमै जाँच गराई औषधि सेवन गरे रोगसँगै अपाङ््गता हुनबाट जोगिन सकिने उनको भनाइ छ ।
माइक्रो ब्याक्टेरियम लेप्रे नामको किटाणुबाट सर्ने कुष्ठरोगीको संख्याको आधारमा झापा पहिलो, मोरङ दोस्रो, सुनसरी तेस्रो, सिरहा चौथो र सप्तरी पाँचौं जिल्ला रहेको कुष्ठ रोगीहरुका लागि कार्यरत संस्था नेपाल कुष्ठरोग संगति सिरहाले जनाएको छ ।
रोगीको खोजी  सन् २०२० सम्म नेपाललाई कुष्ठरोग मुक्त बनाउने लक्ष्यअनुरुप प्रत्येक जिल्लामा घरदैलोमा खोजी अभियान सुरु गरिएको छ ।  जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य संस्थाको संयोजनमा महिला स्वास्थ्य स्वयंसेविका र स्वयंसेवक परिचालन गरी कुष्ठरोगी खोजी गर्न घरदैलो अभियान चलाइएको हो । नेपालमा हरेक वर्ष तीन हजारका दरले कुष्ठरोगीको संख्या थपिंदै गएको जनाइएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »