स्वदेशमै मनग्य आम्दानी

प्रकाशित समय 2:18:00 AM
सिरहा, १४ साउन । मिहिनेत गर्न सके पैसा कमाउन विदेशिनु पर्दैन भन्ने जिल्लामै उदाहरण बनेका छन् सदरमुकाम सिरहा बजारका ५० वर्षीय रामचन्द्र यादव ।कृषि विषयमा आईएस्सी पास गरेका यादवले खोटाङस्थित कृषि विकास कार्यालयमा बागवानी तर्फ ५ वर्षसम्म प्राविधिक सहायकमा करारमा जागिर खाए ।
२०४७ सालमा जागिरबाट तत्कालीन सरकारले हटाएपछि रोजगारीविहीन बनेका उनले विदेश जाने सोचाइ बनाए । पासपोर्ट पनि बनाए । वैदेशिक रोजगारीमा जाने तयारीकै क्रममा दुग्ध विकास संस्थान हेटौंडामा कार्यरत भाइ गणेशकहाँ पुगे । संस्थानमा कामदारहरूले दूधका विभिन्न परिकार बनाएको देखेपछि उनलाई त्यसैले तान्यो । विदेशको तयारी त्यागेर उनले तीन महिनासम्म तालिम लिए ।
‘तालिमलिएपछि मेरो जीवनको बाटो नै मोडियो,  रामचन्द्र भन्छन, ‘विदेशका लागि हिँडेको मान्छे आफ्नै गाउँठाउँमा ठूलो दूध डेरी खोलेर व्यावसाय चलाउने मनस्थिति बोकेर सिरहा फर्किएँ ।  तालिम सकिएपछि विदेश जान जोहो गरेको र केही ऋण लिएर ७ लाख लगानीमा सदरमुकाम सिरहा बजारमा घर भाडामा लिएर २०५८ सालमा रामचन्द्रले सिरहा डेरी सेन्टर खोले । त्यतिखेर सिरहा र सप्तरीमा डेरी उद्योग थिएन । धनुषाको नकटाझिजमा मात्र रामजानकी डेरी उद्योग थियो ।
उनले सिरहाका ग्रामीण क्षेत्रबाट दूध संकलन सुरु गरे र संकलन, वितरणका लागि ५ जना सहयोगी राखे । ‘गाउँघरबाट संकलित दूधलाई दही बनाएर बिक्री गर्न थाले,  उनले भने, ‘त्यतिखेर दैनिक १ सय ७० क्विन्टल दही बिक्री हुन्थ्यो, दूध पनि त्यही हाराहारीमा बिक्री गर्थें ।  दुई वर्ष्भित्रमै उनको डेरीको दूध, दहीको माग जिल्लामा बढ्न थाल्यो । ५ जना सहयोगीलाई मासिक २२ हजार तलबमा खर्चने रामचन्द्रको डेरीको माग जिल्लाभर बढ्न थालेपछि उनले माग पूरा गर्न २०६० सालबाट दुग्ध विकास संस्थानको डिलर लिए ।
‘जिल्लाभर थियो नै सप्तरी र भारतको जयनगर, लदनियाबाट समेत दूध र दहीको माग आउन थाल्यो,  रामचन्द्र भन्छन, ‘त्यसपछि माग धान्न सर्लाही र सिन्धुलीको दुधौलीबाट समेत दूध खरिद गर्न थालें, त्यतिले पनि माग धान्न मुस्किल परेपछि आफैंले १ सय ५० वटा गाई पालन गरें । ‘त्यत्तिखेर डेरी उद्योगमा दैनिक ५ हजार लिटर दूध संकलन हुँदा समेत माग धान्न हम्मे हुन्थ्यो, उनी भन्छन, ‘त्यही कमाइबाट उद्योग बिस्तार गरेंरु ।  सदरमुकाम सिरहा बजारमा महँगोमा पौने २ कठा जग्गा जोडेर उद्योग स्थापना गरेका छन्रु । दूध, दही ओसारपसारका लागि २ वटा पिक भ्यान छन ।
५ जना सहयोगीको भरमा डेरी चलाएको उनको उद्योगमा अहिले १३ जना कर्मचारी कार्यरत छन । कर्मचारीको तलबमा मासिक ३ लाख रुपैयाँ खर्चन्छन । उद्योग सञ्चालनमा सहजताका लागि उनले छोरा मुकेश र छोरी ममतालाई बीबीए अध्ययन गराएका छन । डेरीसँगै उनले दूध र दहीका अलावा १२ प्रकारका मिठाई बनाएर बिक्री समेत सुरु गरेका छन । ‘बजारमा मिठाइको माग समेत बढ्न थालेपछि दूधबाट निर्मित मिठाईका सामग्री समेत बिक्री गर्न सुरु गरें,  उनले भने, ‘तराईमा मिठाई माग बढी हुन थालेपछि यो व्यापार समेत सुरु गरें ।
रोजगारीका लागि आफैं विदेश हुइकिने मनस्थिति बोकेका रामचन्द्र अहिले वैदेशिक रोजगारीमा जानेहरूलाई स्वदेश सीप सिकेर आयआर्जनमा लाग्न सुझाउँछन । ‘सीप भएमा यहीं पनि रोजगारी प्रशस्त छन,  उनी भन्छन, ‘तर, आत्म विश्वास र मिहिनेत हुन जरुरी छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »