सर्पदंशको प्रभावकारी उपचार

प्रकाशित समय 1:14:00 AM
रामभरोसी यादव
सिरहा, १५ साउन । सिरहाको चोहर्वा्स्थित श्री नयाँ गोरख गणमा रहेको जयकाली सर्पदंश उपचार केन्दमा प्रभाकारी उपचार हुन थालेपछि उपचार गराउन आउनेको संख्या बढ्न थालेको छ ।
नेपाली सेनाको प्राविधिक सहयोग र जयकाली सर्पदंश उपचार केन्दका समितिको व्यवस्थापनमा संचालित उपचार केन्द्रमा सर्पदंशको प्रभवकारी उपचार हुनेगरेकाले उपचार गराउन आउनेको संख्या बढेको हो । विश्वसनीय उपचारका कारण जिल्ला अस्ताल र अन्य अस्पतालहरुले पनि यहाँ उपचारको लागि  सर्प दंशका विरामी रेफर गर्ने गरेको उपचार केन्द्रका प्रमुख डा.विद्या कार्कीले बताइन् । 
उनले समयमै सर्प दंशका विरामी यहाँ आईपुगे प्रभावकारी उपचार प्रदानगर्दै आएको वताइन् । अति जटिल अवस्थामा आएका विरामीहरुलाई हामीसँग सघन उपचार केन्द्र (आईसीयु) को सुविधा नभएका कारण धरानस्थित विपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने गरेको बताउँदै समयमै आएका विरामीको आफूहरुले सफल उपचार गरेको बताइन् । गएको वैशाख देखि साउन १५ सम्ममा १४ जना विषालु सर्पले डसेका विरामीमध्ये दुईजनालाई मात्र अन्यत्र रेफर गरेको उनले जानकारी दिइन् । बाँकी सवैको यही नै सफल उपचार भएको समेत उनले बताइन् ।
केन्द्रका तथ्याड्ढ अनुसार २०७५ बैशाख देखि साउन १० गतेसम्ममा दुई सय दुई जनाको उपचार गरेको छ । जसमध्ये १४ वटा विषालु सर्प, एक सय ५१ जना अविषालु र ३७ जना विच्छिले टोकेका विरामीको उपचार भएको छ । त्यसैगरी २०७४ बैशाख देखि चैत सम्मा चार सय ८९ जना विरामीको उपचार भएको छ । त्यसमध्ये ३८ विषालु सर्प, तीन सय १६ अविषालु र एक सय ३५ जना विच्चिले टोलकेको विरामी थिए । त्यसैगरी, २०७३ सालको बैसाख देखि चैत्र सम्मको एक वर्षको अवधिमा नौं सय ४ जना सर्प तथा विच्चिले टोकेका विरामीको उपचार भएको छ । जसमध्ये १६ विषालु सर्प, छ सय २९ जना अविषालु र दुई सय ३५ जना विच्चिले टोकेको विरामीको सफल उपचार भएको जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »