चोरी गर्ने दुई युवक प्रहरी खोरमा

प्रकाशित समय 12:40:00 AM
राजविराज, १६ साउन ।  सप्तरीको छुट्टाछुट्टै ठाउँमा चोरीको घटनामा संलग्न दुई युवकलाई प्रहरीले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डाक्नेश्वरी नगर पालिका–४ का १९ वर्षीय भगवती कुमार राम र रुपनी गाउँपालिका–९ का २० वर्षीय रामकुमार मण्डल रहेको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए । 
दुवैजनाले राजविराज–४ स्थित एउटा होटलबाट विभिन्न पेय पदार्थसहित रु ३५ हजार तथा सोही स्थानमा रहेको मोबाइल पसलबाट रु दुई लाख मूल्य बराबरका मोबाइल र एलसिडि टेलिभिजन चोरी गरेका थिए । होटल तथा पसल सञ्चालकले गरेको उजुरीको आधारमा दुवैजनालाई चोरीका सामानसहित प्रहरीले पक्राउ गरेको हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »