विभेदविरुद्ध लडेकाहरू सत्तामा पुगेपछि आफैं विभेदकारी

प्रकाशित समय 9:34:00 PM
जनकपुरधाम, २१ साउन  । प्रदेश–२ का प्रमुख रत्नेश्वरलाल कायस्थले देशका प्रमुख मिडिया हरूले नकारात्मक समाचार सामग्रीलाई प्राथमिकता दिएका कारण समाजका सकारात्मक पक्षहरू ओझेलमा पर्न थालेका बताएका छन् । उनले नकारात्मक पक्षहरूलाई सञ्चार माध्यमले जोडतोडका साथ उठाउने भएकाले मानसिकताबाट समाज ग्रसित हुँदै गइरहेकोले अब नकारात्मकको बाटो परिवर्तन गर्दै सकारात्मकतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।
सामाजिक विकास मन्त्रालयको सहयोग मधेशी पत्रकार समाज धनुषाको आयोजनामा मधेशका पत्रकारहरूको क्षमता अभिवृद्धि का लागि तीनदिने संसदीय रिपोर्टिङ तालिमको उद्धाटनमा प्रदेश प्रमुख कायस्थले दिनहुँ प्राथमिकताका साथ सम्प्रेषण हुँदै आइरहेको घटनाक्रमले राजनी तिप्रति तिरस्कारको भावना उत्पन्न भइरहेको बताए । उनले प्रदेश सरकार तथा स्थानीय सरकारबीच समन्वयन नभएकोले विकास निर्माण सहजता आउन नसकेको बताउँदै तीनै तहले एकअर्कासँग समन्वयन गरी विकासमा हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याए ।
संघीय समाजवादी फोरम नेपालका प्रदेश सासद रामअशिष यादवले संघीय सरकारले प्रदेश सरकारलाई पेन्डुलममा पारेर संघीयता धरापमा पारेको आरोप लगाए । उनले भने, ‘संघीय सरकार प्रदेशलाई  पंगु  बनाएर संघीयतालाई धरापमा पार्दै छ, प्रदेश प्रहरी, नागरिकता, आयोग लगायतका सवालमा प्रदेशले गठन गरेरपनि त्यसको साँचो संघीय सरकारसंग हुन्छ भने, त्यसको के अर्थ?  सांसद यादवले भने, ‘कतिपयले आफूहरूलाई अहिले पनि राजा र शासक बन्न प्रयत्न गर्दैछ, यदि त्यस्तो हो, भने त्यसका लागि पत्रकार कलम उठाएर त्यसको प्रतिवादसमेत जनकपुरकै भूमिबाट हुनुपर्छ ।
जनकपुरधाम उपमहानगर पालिकाका मेयर लाल किशोर साहले अभिकारयुक्त अधिकार का लागि विभेदको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले विगतको २१ वर्षे जनयुद्ध, मधेश आन्दोलनलगायत परिवर्तनको लागि गरिएको आन्दोलनमा देशको विकास अवस्था दशकौं दशक पछि परेकोले अब विकास आन्दोलन मा होमिनु पर्नेमा जोड दिए ।
मधेशी पत्रकार समाजका प्रदेश संयोजक वीरेन्द्र रमणको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासघ धनुषाका अध्यक्ष अनिल मिश्रले विभेदको विरुद्ध लडेको प्रदेश सरकार अहिले आफै विभेद गर्न लागि परेको आरोप लगाए । ‘मधेश आन्दोलनको क्रममा यहाँको मिडियाले मधेशको मागमा अपडी रही विभेदविरुद्ध लडे पनि अहिले आफैँ विभेदको सिकार हुनुपरेको छ , अध्यक्ष मिश्रले भने, ‘हिजो विभेदविरुद्ध लडियो आज आफैँ विभेदमा उत्रियो, अनि आन्दोलनको के अर्थ ?

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »