दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी सडकमा

प्रकाशित समय 8:30:00 PM
राम नारायण पंडित
सिरहा, २७ साउन । सडक दुर्घटना बढ्दै गएकाले न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले अभियान संचालन गरेको हो । दुर्घटना न्युनिकरण गर्ने उदेश्यसे “सुरक्षित सडक प्रयोग र जिम्मेवार सबारी चलाक तथा यात्राका लागि हाम्रो अभियान” अन्तर्गत मिर्चैयामा शनिबार जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेका छन् ।
मिर्चैयामा पर्चा पम्पलेट बितरण, माइकिङ तथा जनचेतना का लागि  चालकहरु लाई ट्राफिक नियमको बारेमा जानकारी दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख (प्रहरी निरिक्षक) मिलन बस्नेतले बताए । पुर्बपश्चिम लोकमार्गमै गाडी रोकेर चालकलाई ट्राफिक नियमबारे प्रशिक्षण दिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ईन्चार्ज
(प्रहरी नायब निरिक्षक) मनोज चौधरीले बताए । 
अकाल मृत्युबाट बाच्ने उदेश्यले गरिएको कार्यक्रममा सडकको अवस्था र तोकिएको गतिमा सबारीसाधन चलाउन, तनाव र अस्वस्थ्य भएको समयमा गाडी नचलाउन, मादकपदार्थ सेबन गरी सबारीसाधन नचलाउन, सबारी चलाउने समयमा मोबाइल प्रयोग नगर्न र हेलमेट अनिबार्य रुपमा प्रयोग गर्न लगायतका जनचेतनामुलक पर्चा पम्पलेट २ सय भन्दाबढी सबारी चालकलाई दिई प्रशिक्षण दिईएको थियो । 
कार्यक्रममा ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक दिपेन्द्र साह र सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका सशस्त्र प्रहरी नायब निरिक्षक सुर्य खडकाको कमाण्डमा खटिएको प्रहरीले सहजीकरण गरेका थिए । सीता महेश ट्रेडर्स हिरो शोरुम मिर्चैयाको सहयोग र अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका संयोजन मा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »