आ“खा अस्पतालको सेवा गाउ“ गाउ“मा सञ्चालन गर्न माग

प्रकाशित समय 8:32:00 PM
भरत जर्घामगर
सिरहा, २७ साउन । आँखा शल्य क्रियाको आधारमा एसियामैं दोस्रो लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालको उपचार सेवालाई गाउँ गाउँसम्म पु¥याउन अस्पतालले सिरहाका स्थानीय तहसँग मिलेर काम गर्न सुझाव संकलन गरेको छ ।
प्रदेश २ का जिल्लासहित पूर्वी क्षेत्रमा आँखा उपचारको क्षेत्रमा योगदान र्पुयाउँदै आएको अस्पतालले आँखा स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी सिरहाका १७ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले आँखा अस्पताललाई आँखा स्वास्थ्य तथा उपचारका लागि गाउँसम्म पुग्नुपर्ने सुझाव दिए ।  कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रामचन्द्र ठाकुरले अस्पतालबाट मध्य पूर्वी नेपाल, भारतको विहार तथा पश्चिम बंगालदेखि बंगलादेशका नागरिकलाई समेत सेवा र्पुयाउँदै आएता पनि भित्रि गाउँका नागरिकहरु अझ आँखा स्वास्थ्यबारे जानकार नभएकाले यस सम्बन्धमा गाउँ गाउँमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिए ।
धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायाण चौधरीले स्थानीय तहसँग मिलेर अस्पताल ले गाउँ गाउँमा आँखा स्वास्थ्यबारे अभियान चलाए आफूहरुको साथ रहने उल्लेख गर्दै अझ पनि गाउँका बुढापाकाहरु आँखा स्वास्थ्यबारे जानकार नभएकोले उनीहरु अन्धकारमै बस्न बाध्य हुनुपरेको बताए ।  प्रतिनिधि सभाका सांसद तथा नेपाल नेत्र ज्योति संघ सिरहाका अध्यक्ष पद्मनारायण चौधरीले लहानमा आँखा अस्पताल सञ्चालन भएको ३५ वर्ष पुगिसक्दा यसले अहिलेसम्म ५० लाख आँखाका रोगीलाई उपचार सेवा प्रदान गरिसकेको जानकारी दिए ।
स्थानीय तहसँग समन्वय गरेर सिरहाको प्रत्येक गाउँको घरमै गएर विरामीको पहिचान गर्ने लक्ष्य राखेका छौं  उनले भने, ‘बिरामीलाई घरमै पहिचान गर्ने लक्ष्यका साथ पाइलट प्रोग्राम बनाइसकेको र यसका लागि सिरहाका १७ वटै स्थानीय तहलाई सहयोग गर्न आग्रह गर्दछु । नेपाल नेत्र ज्योति संघको सर्वेक्षण अनुसार नेपालमा अहिले पनि विभिन्न कारणले १ सय २५ जना व्यक्ति प्रत्येक दिन अन्धोपनको शिकार भएका छन् ।
नेपालमा १ लाख २० हजार व्यक्ति अन्धोपन छन् ।  यसैगरी, ३० हजार २ सय बालबालिका अन्धोपनको शिकार भएका छन् । जसमध्ये  ७ जना बालबालिका प्रत्येक दिन अन्धोपन भएका छन् । कार्यक्रममा आँखाको रोगीको सँख्यामा कमी ल्याउन स्थानीय तहसँगको समन्वयमा ५० वर्षभन्दा माथिका समूहलाई आँखा उपचारको नियमित सेवाभित्र ल्याउने, जिल्लाका सम्पूर्ण श्रोत केन्द्रमार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको आँखाको नियमीत उपचार गर्ने तथा स–साना बालबालिकालाई नियमीत आँखाको उपचार गराउन सबै स्वास्थ्य केन्द्रलाई परिचालन गर्ने निर्णय भएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »