लहान, २५ भदौ । यामाहा मोटरसाइकल तथा स्कुटरको सिरहाको लहानस्थित बिक्रेता संजीव श्रवण अटो सेन्टरले रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण ‘स्ट्रिट र्याली स्कुटर लहानमा ल्याएको छ ।
सेन्टरले सोमबार लहानमा पत्रकारहरुको उपस्थितिमा एक समारोहबीच ‘स्ट्रिट र्याली स्कुटरको लञ्च गरेको छ । समारोहमा यामाहा मोटरसाइकल को नेपालस्थित डिलर मोरङ् अटो वक्र्स इन्टरप्राइजेजका एरिया सेल्स म्यानेजर दिपक विश्वकर्मा ले ब्लु कोर प्रविधिको इञ्जिन जडान भएको, नकल गार्ड
(हातको सुरक्षा), आकर्षक र स्पोर्ट डिजाइन रहेको ‘स्ट्रिट र्याली स्कुटर अन्य स्कुटरको तुलनामा माइलेज समेत राम्रो रहेको बताए ।
सामारोहमा मोरङ् अटो वक्र्सका इञ्जिनियर नथुनी साहले ब्लु कोर प्रविधिको इञ्जिन रहेको ‘स्ट्रिट र्याली स्कुटरको राम्रो माइलेजसहित हाइड्रोलिक ब्रेक, सकर, सामान राख्ने केज समेत ठूलो रहेको र सुरक्षाको दृष्टिकोणले उपयुक्त रहेको बताए ।
