सरकारले देखेको समृद्धिको सपना निजीक्षेत्र स“ग सहकार्यविना सम्भव छैन ः मन्त्री यादव

प्रकाशित समय 1:19:00 AM
आशिषकुमार विश्वकर्मा
सिरहा, ३० भदौ । सरकारले देखेको समृद्धिको सपना जिजीक्षेत्रसँगको सहकार्यविना सम्भव नै नभएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले बताएको छ । जिल्ला उद्योग वाणिज्य संघ, लहान सिरहाको शनिवार उद्घाटन को क्रममा मन्त्री यादवले वर्तमान सरकारले देखेको समृद्ध नेपालको सपना साकार बनाउन निजीक्षेत्र को महत्वपूर्ण भूमिका रहने बताएका हुन् ।
समृद्ध नेपाल बनाउने सरकारले देखेको सपनामा निजीक्षेत्रले इमान्दारी पूर्वक लाग्न जरुरी रहेको भन्दै निजीक्षेत्रले गरेको लगानी संरक्षणमा सरकारको सधै साथ रहने बताए । उनले २ नम्वर प्रदेश कृषिमा आधारीत उद्योगहरुको धेरै सम्भावना भएको प्रदेश भएको बताए । उनले भने, ‘यो प्रदेश देशकै सवैभन्दा धेरै कृषिमा आधारीत उद्योग संचालनको सम्भावना छ, कृषिमा आधारीत उद्योग संचालनको लागि सरकारले खेल्नु पर्ने भूमिकाको लागि आफू व्यवसायीहरुसँग छलफल गर्न सधै तयार छु । 
मन्त्री यादवले अव साना उद्योगहरु चलाएरमात्र विश्व बजारसँग प्रतिस्पर्धा गर्न सकने बताए । उनलेभने, अव स साना उद्योगहरु चालाएर बजारमा प्रतिस्पर्धा गर्ने जमाना कम भईसकेको छ, ‘त्यसैले सामूहिक रुपमै भएपनि ठूलो लगानी गर्न जरुरी छ । उनले भर्खर आएको ऐनबाट व्यवसायीहरु डराउनु पर्ने कुनै कारण नरहेको बताए । मन्त्री यादवले भने, ‘सरकाले व्यवसायी लाई थुन्ने, छेक्ने कानुन बनाएको होइन, जसले व्यवसायको नाममा कानुन विपरित काम गर्छभन्ने उसलाई माफि दिने अवस्थापनि रहँदैन । 
मन्तव्यकै क्रममा मन्त्री यादवले अहिलेसम्म बजारमा सरकारको उपस्थिति नभएकोले बजारमा मनमानाको अवस्था देखिएको बताए । उनलेभने, ‘अव बजारमा पनि सरकारको उपस्थिति हुन्छ, व्यवसायको नामामा कसैले लुट गर्न खोज्छ, कानुनले वन्देज गरेको काम गर्छभने, उसलाई माफि दिनुपर्छ भन्ने व्यवसायीको पनि माग होइन होला । 
सोहीक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले उद्योगी व्यवसायीहरु सधै असन्तुष्टिमात्र पोखिरहने गरेको प्रति दुःख व्यक्तगर्दै अव उद्योगी व्यवसायी हरुले पनि आफ्नो कर्तव्य र राज्यप्रतिको दायीत्व बुझ्नुपर्ने बेला आएको बताए । उपाध्यक्ष श्रेष्ठले सरकारले राखेको समृद्धिको लक्ष्यप्रति व्यवसायी हरुको महत्वपूर्ण योगदान रहने भन्दै व्यवायीहरुले पनि अव त्यसैगरी सोच्नुपर्ने बेला आएको बताए । उनले सरकारपनी यो समृद्धिको सपना कसरी साकार गर्ने भन्ने विषयमा अलमलको अवस्थामा होकी भन्ने देखिएको भन्दै त्यसमा छलफल र अन्तकृया को जरुरी रहेको बताए । 
एद्घाटन कार्यक्रममा प्रतिनिधी सभाका सदस्य पदम नारायण चौधरी, प्रदेशसभा सदस्यहरु अशोक यादव, जगत यादव लगाएतका बक्ताहरुले नेपाल सरकारले प्रत्यक प्रदेशमा स्थापना गरिने औद्योगीक करिडोर सिरहामा स्थापना हुनुपर्ने बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »