घरमै सुतेका तामाङको घा“टीरेटेर हत्या

प्रकाशित समय 11:02:00 PM
राम बाबु यादब
सिरहा, ३१ भदौ । सिरहाको गोलबजार नपा ३ पुरानोडिहमा एक युवकको घाटीमा खुकुरी प्रकार गरी हत्या गरेको छ । घरमै श्रीमती र ८ वर्षिय छोरा सहित सुतिरहेको अवस्थामा शनिवार राती घाँटीमा खुकुरीले प्रहार गरी स्थानीय ३८ वर्षिय हेमबहादुर तामाङका तामाहत्या गरेको हो । 
चारैतिरबाट खुल्ला रहेको काठ र खरले छाएको घरमा लामा परिवार सुतिरहेका थिए । हत्याराले तामाङको घाँटीमा तीन पटक खुकुरी प्रहार गरेको पप्रहरीले जनाएको छ । खुकुरी प्रहाबाट तामाङको घटनास्थलमै मृत्यु भएको थियो । हत्याराले हत्यामा प्रयोाग भएको खुकुरी घरनजीकै फालेर गएको प्रहरीले जनाएको छ । 
हत्यारालाई सँगै सुतेका  श्रीमतीले पनि नदेखेको जनाएको छ । तामाङको घरमा रहेको कुकुर २८ गतेबाट नै हराइरहेको परिवारजनले जनाएको छ । कुकुर हराएको दुईदिनपछि हत्या हुनुले हत्याराले योजनाबद्ध ढंगले योजना बनाएको हुनसक्ने वडा अध्यक्ष धनप्रसाद लामाले जनाए । 
प्रहरीले पनि हत्यारा नजीकको र परिचित व्यक्ति नै हुनुपर्ने अनुमान गरेको छ । 
सामान्य खेती किसानीगरी जीवकोपार्जन गर्दै आएको तामाङलाई कसले किन हत्या गर्योभन्ने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गोलबजरका प्रमुख इन्सपेक्टरले घटनाको विषयमा गहन अनुसनधान गरिरहेको जनाएको छ । 
प्रहरीले अनुसन्धानको सवै प्रकृया अपनाएर भएपनि अपराधी पत्तालाउने बताएको छ । प्रहरीले घटना अनुसन्धानका तालिमप्राप्त कुकुरको पनि ल्याईरहेको जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »