कर वृद्धिविरुद्ध गोलबजारमा प्रदर्शन

प्रकाशित समय 12:44:00 AM
गोलबजार, २४ भदौ । सिरहाको गोलबजार नगरपालीकामा कर वृद्धिको विरुद्धमा सातदलिय मोर्चाले विरोध प्रदर्शन तथा कोणसभा गरेको छ । कोषसभाका बक्ताहरुले नगरपालीकाले नयाँ लागुगरको सम्पूर्ण करस्थगित गरी साविककै करलाई निरन्तरता दिन माँग गरेको हुन् । 
आन्दोलनरत मोर्चाका तर्फबाट नेपाली काग्रेसका नेता राजदेव साहले गाउँ घरमा दुःख गरेर बनाएका घर र एकीकृत सम्पती कर अहिले नै लगाउने अवस्था नभएकोले तत्काल नयाँ कर फिर्तालिनुपर्ने माग गरेको छ । उनले बजारक्षेत्र र गाउँकाक्षेत्रका र गाउँका लागि एउटै कर निर्धारणले जनता ठूलो मर्कामा परेकाले यसलाई तत्काल खारेज गर्नुपर्ने औंल्याए ।
सोही क्रममा संघिय समाजवादी फोरमका नेता कृष्णा कुमार सिंहले ठूला उद्योगी, व्यवसायीमा करको मात्रा थपेर भएपनि साना किसान चथा गरिवहरुमाथि लाग्ने घर पूर्ण मिनहा गर्नु पर्ने माग गरे । उनले नगरपालीकामा धेरै इँटा उद्योग र अन्य उद्योगहरु प्नि छन्, उनीहरुसँग करको मात्रा बढाएर भएपनि साधारण जनतलाई राहत दिनुपर्ने माग गरे । 
कोणसभामा नेकपा क्रान्तिकारी माओवादीका नेता रामनारायण सिंहले जनताले अहिलेपनि विभिन्न नाममा कर बुझाउँदै आएकोभन्दै नयाँ लागु गरेको करप्रति असन्तुष्टि व्यक्त गरे । उनले किसानले बाख्रा वेच्दा, कुखुरा, तरकारी बेच्दा कर बुझाएकै हो  । अहिले आएर विभिन्न नाममा जनतासँग कर लिनु उचित नभएको भन्दै नयाँ कर तुरुन्त फिर्तालिनु पर्ने बताए । 
सोही क्रममा बक्ताहरुले विकास निर्माणमा अनियमितता भएको भन्दै अनियमितता गर्नेउपर कार्वहीको माग समेत गरे । विारोध कार्यक्रममा राप्रपा प्रजातान्त्रिक, राजपा लगाएतका नेताहरुले मन्तव्य व्यक्त गरेका थिए । नगरपालीकाले यस अघिनै नयाँ कर अनिश्चित कालको लागि स्थगित गरिसेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »