प्रदेश सरकारद्वारा राष्ट्र बैंकमा तालाबन्दी

प्रकाशित समय 7:25:00 PM
जनकपुरधाम, १० भदौ । प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जनकपुर स्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गरेको छ ।
प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी भदौ १० गते रक्षा बन्धनका दिन बिदा घोषणा गरे पनि सङ्घीय सरकार मातहतका कार्यालयले अवज्ञा गर्न थालेपछि प्रदेश सरकार आक्रमक भएको हो । 
मन्त्री यादव आफै बैंकको कार्यालय पुगेर तालाबन्दी गर्दै साँचो आफ्नो नियन्त्रणमा लिनुभएको छ । संविधानले प्रदेश सरकारलाई बिदा दिने अधिकार दिए पनि सङ्घीय सरकार मातहतका कार्यालयले अटेरी गरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको मन्त्री यादवले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »