क्षमता अभिवृद्धि तथा अभिमुखिकरण तालिम लहानमा सुरु

प्रकाशित समय 11:44:00 PM
सिरहा, ४ असोज । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नं. २ कार्यालय जनकपुरको आयोजनामा सिरहाको लहानमा दुई दिने क्षमता अभिवृद्धि तथा अभिमुखिकरण तालिम विहीवार देखि सुरु भएको छ ।
लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ३ महेशपुर पतारी र वडा न.६ सितापुर प्र.ध.का निर्वाचित जनप्रतिनिधिहरु र मानव अधिकार निगरानी समूहका सदस्यहरुलाई दुईदिने क्षमता अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम सञ्चालन भएको इन्सेक प्रदेश न. २ का संयोजक राजु पासवानले वताए ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तर्गत गठित मानव अधिकार निगरानी समूहका सदस्य र जनप्रतिनिधिहरुलाई शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि क्षमता अभिवृद्धि प्रदान गर्न तालिम सञ्चालन गरिएको संयोजक पासवानले बताए । लोकतन्त्रलाई दिगो बनाउन र स्थानीय तहलाई मजबुत बनाउन निगरानी समूहले जनप्रतिनिनिधि हरुसँग समन्वय गरी आर्थिक र सामाजिक अधिकारलाई सुनिश्चित गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्नु पर्नेे तालिम उद्घाटन को क्रममा पासवानले बताए । 
कार्यक्रमको उद्घाटन गर्दै लक्ष्मीपुर पतारी गाउँपालिकाका  अध्यक्ष रामवल्लभ साहले मानव अधिकारसँगै इन्सेकले कर्तव्य पनि सिकाएकोले जनताहरु आफ्नो अधिकार र कर्तव्यको बारेमा सचेत भएको बताए । स्थानीय तहमा पुरानै मान्छे भए पनि स्थानीय तह नयाँ भएकोले सबैले सिक्दै गर्दा विकासको काममा ढिलाई भए पनि अब हामिले आफनै कानूनहरु बनाएर आर्थिक, सामाजिक विकासमा अगाडी बढ्ने बताए । यो कार्यक्रमले दुई वटा वडामा राम्रो प्रभाव पारेकोले सबै वडामा कार्यक्रम सञ्चालन गर्न कार्यक्रमका सहभागीहरुले इन्सेकलाई आग्रह गरे । 
कार्यक्रम उद्घाटन सत्रमा राष्ट्रिय मानव अधिकार आयोग का अधिकृत दिप कुमार यादव, अधिकारकर्मी देवराज पोखरेल, लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ३ र ६ का वडा अध्यक्षहरुले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । 
तालिममा इन्सेक अभियान र मानव अधिकारको अवधारणा, विकासको सैद्धान्तिक अवधारणा, शिक्षा, स्वास्थ्य र खाद्य अधिकार समस्या र अवस्था विश्लेषण र समाधानका लागि जनप्रतिनि धिको भूमिका, नेपालको संविधान र मौलिक हक, मानव अधिकार निगरानी समूहको काम, कर्तव्य र अधिकार, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार र स्थानीय जनताको पहुँच विषयमा सहजिकरण भइरहेको इन्सेक प्रदेश न. २ जनकपुर कार्यालयका कार्यक्रम फोकल पर्सन जागेश्वर यादवले वताए ।
तालिमको सहजिकरण धनगढी माई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्मा, राष्टिूय मानव अधिकार आयोग जनकपुरका प्रमुख वीरबहादुर बुढा, इन्सेक प्रदेश नं. २ का संयोजक राजु पासवान, कार्यक्रम फोकल पर्सन जागेश्वर यादवले गर्ने जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »