हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीयद्वारा प्रहरी कार्यालय घेराउ

प्रकाशित समय 9:06:00 PM
कमलेश यादव
गोलबजार, ७ असोज । हत्यारा पत्ता लगाउन माग गर्दै आइतबार सिरहाको गोलबजार नगरपालि का ३ पुरानोडिहका गाउँलेहरूले गोलबजारस्थित इलाका प्रहरी कार्यालय घेराउ गरेका छन् । आठ दिनअघि हत्या गरिएका ३८ वर्षीय हेमबहादुर ब्लोन तामाङको हत्यामा संलग्न अपराधी पक्राउ गर्न माग गर्दै करीब तीन सय जनाको संख्यामा आएका स्थानीयले प्रहरी कार्यालय घेराउ गरेका हुन् ।
हत्याराको खोजी गरी कानुनी कारबाहीको दायरामा ल्याउन मागसहित स्थानीयले गोलबजार नगर परिक्रमा गरी प्रहरी कार्यालय घेराउ गरेका थिए । स्थानीयले दिउँसो २ बजेसम्म एक घण्टा प्रहरीको मूल गेटमा नारा बाजी गर्दै कोणसभासमेत गरे ।
गोलबजार नगरपालिका ३ का वडाध्यक्ष धनप्रसाद लामाको नेतृत्वमा आएका स्थानीयले प्रहरीको मूलद्वारमै नाराबाजी मात्र गरेनन, हत्या भएको आठ दिन सम्म पनि अपराधी पक्राउ पर्न नसक्ने प्रहरीको अनुसन्धान प्रकृयामाथि नै प्रश्न उठाए । ‘गोलबजार क्षेत्रका विभिन्न अपराधमा संलग्न व्यक्ति, तस्करहरू चिन्ने प्रहरीले हत्यारा चाहीँ नचिन्ने  कोणसभालाई सम्बोधन गर्दै स्थानीय युवा प्रवेश लामाले भने ‘प्रहरी कार्यालय घेराउ सांकेतिक विरोध मात्र हो, अन्यथा आन्दोलनले अर्को रूप लिन सक्छ ।
कोणसभामा जमदहका पूर्व गाविस अध्यक्ष तथा स्थानीय समाजसेवी पुष्पलाल पाख्रिनले प्रहरीको अनुसन्धानका लागि राजनीतिक दलहरू हत्याको विषयमा जुनसुकै हिसाबले सघाउन तयार हुँदाहुँदै हत्यारा पत्ता लगाउन नसक्नुले स्थानीय त्रसित भएको बताए । त्यसअघि स्थानीयले असोज ४ गते हत्यारा पत्ता लगाउन माग गर्दै इलाका प्रहरी कार्यालय, नगर र वडा कार्यालय मा ज्ञापनपत्र बुझाएका थिए ।
प्रशासनले हत्यारा पत्ता लगाउन नसकेको, सूक्ष्म अनुसन्धान नगरिएको, अनुसन्धानका लागि खटिएको प्रहरीले घटनाको सुराक पत्ता लगाउन नसकेको लगायत का आरोपसहित ज्ञापन पत्र बुझाएका थिए ।
अनुसन्धान हुँदैछ ः प्रहरी
भदौ ३१ गते राती श्रीमती र छोरासँगै आँगन छेउको खुल्ला घरमा सुतेको अवस्थामा हत्या भएको आठ दिन बित्दासमेत अपराधी पक्राउ पर्न सकेको छैन । जिल्ल प्रहरी कार्यालय सिरहा का प्रवक्त प्रहरी नायव उपरीक्षक माधवराज खरेल भन्छन् ‘प्रहरीले घटनासँग सम्बन्धित रहेको आशंकामा मृतककी श्रीमती र छोरीसहित ३० जना स्थानीयलाई नियन्त्रणमा लिएर सोधपुछ गरी छोडिएको छ ।  ‘संदिग्ध व्यक्तिहरूको मोबाइल को कल डिटेलसमेत झिकाएर अनुसन्धान हुँदैछ  प्रहरी नायव उपरीक्षक खरेलले भने ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »