१६ दिनअघि बेपत्ता कारीदेवीको भेटियो शव

प्रकाशित समय 7:22:00 PM
सिरहा, ९ भदौ । गोलबजार नगरपालिका–१० चोहर्वा्स्थित घरबाट हराइरहेकी ५५ वर्षीया कारीदेवी यादवको शव शनिबार बिहान भेटिएको छ । उनको शव नरहा गाउँपालिका–१ देवीपुरका रामदेव यादवको बाँसघारीमा गाडेको अवस्थामा फेला पारेका हुन् । कारीदेवी १६ दिनदेखि बेपत्ता थिइन् । कारीदेवी घरबाट नै बेपत्ता भएपछि खोजी गर्दै देवीपुर पुगेको गाउँलेको समूहले देवीपुरका रामदेवको खेतबारी र बाँसघारीमा खोज्ने क्रममा शनिबार बिहान शव गाडिएको अवस्थामा भेटेका हुन् । खोजी गर्ने क्रममा आलो माटो देखेपछि खनेर हेर्दा महिलाको शव भेटिएको स्थानीय रामकेवल मण्डलले बताए ।
उनले भने, ‘कपडाको आधारमा शव कारीदेवीकै हो भन्ने ठम्याइ छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार बाँसघारीमा महिलाको शव भेटिएको सूचना पाए लगत्तै प्रहरी उपरीक्षक जीवन श्रेष्ठको नेतृत्वमा घटनास्थलमा प्रहरी पुगेको र शव उत्खनन् गरेपछि मात्र कसको शव हो भन्ने यकिन भन्न नसकिने बताए ।
यस्तो थियो विवाद करीदेवी र उनका जेठाजु रामदेव यादवबीच अंशसम्बन्धी मुद्दा थियो । जिल्ला अदालत सिरहाले गत जेठ २४ मा कारीदेवीको पक्षमा फैसला ग¥यो । यसपछि रामदेव पुनः उच्च अदालत राजविराज इजलाशमा मुद्दा दर्ता गरे ।  पुख्र्यौली सम्पत्तिको रुपमा ससुराको नाममा रहेको एक बिघा १६ धुर जग्गामध्ये उनले १० का आठ धुर जग्गा पाएकी थिइन् । तर ससुरा र पतिको निधनपछि ससुराको नामको तीन ठाउँमा गरी १६ का १६ धुर जग्गा लुकाएर राखेको भेटिएपछि त्यसमा अंश दावीसहित उनले २०७४ भदौ ५ मा सिरहा जिल्ला अदालतमा अंश मुद्दा हालेकी थिइन् ।
उक्त मुद्दा फैसला हुनु अगावै भतिजो लक्ष्मणले ‘मुद्दा फिर्ता नलिए जे पनि हुन सक्छ  भन्दै पटक पटक धम्क्याएको अंश मुद्दामा कारीदेवीकी वारेश रहेका नाति पुनित यादवले बताए । त्यसको दुई महिना लगत्तै साउन २५ देखि कारीदेवी बेपत्ता भएकी थिइन् । कारीदेवी हराएको साँझ लक्ष्मण, उनका मामाका छोरा राधेश्याम, नाम नखुलेका अन्य दुई गरी चार जना मिलेर चोहर्वा बियर पार्टी गरेपछि लक्ष्मण ससुराली जान्छु भन्दै हिँडेको र अन्य तीन जना मिलेर कारीदेवीलाई घरबाट लिएर आएपछि बाटोमा हत्या गरेर गाडेको हुन सक्ने गाउँलेहरुको भनाइ छ ।  प्रहरीले रामदेव र लक्ष्मण गत मंगलबार नै नियन्त्रणमा लिएको छ । शव भेटिएको जग्गा उनीहरुको मामाको हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »