लहानको सिद्धार्थ बैंकले गरे घरदैलो अभियान

प्रकाशित समय 7:16:00 PM
गोलबजार, २८ असोज । लहानको सिद्धार्थ बैंकले शनिवार सप्तरीको खड्क नगरपालिका –३, गरूराहा गाउँमा घरदैलो अभियान संचालन गरेको छ । घरदैलो अभियानमा दुई सयभन्दा बढीले निशुल्क खाता खोलेका छन् ।
लहान बजार नजिक पर्ने सप्तरीको पश्चिम भागमा लगायत सिरहाका विभिन्न ठाउँमा सिद्धार्थ बैंकले केहि महिनादेखि व्यापकरूपमा घरदैलो अभियान संचालन गरेको छ । घरदैलो अभियानमा सिद्धार्थ बैंक लहानका शाखा प्रबन्धक रामप्रमोद यादवले वस्ति वस्तिमा पुगेर व्यक्ति व्यक्तिलाई भेटेर बैंकिंग कारोवार सम्बन्धि जनचेतना जगाउने गरेकाछन् ।
अभियानमा बैंकका कर्मचारीहरू रामप्रकाश सिंह, दरोन खत्री,गौरी बराल,अजित साह लगायतकाहरूले समेत फारम भर्ने देखि परामर्श दिने सम्मका काममा सहयोग गरिरहेकाछन् । केहि महिनामै बैंकको ग्राहक पाँच हजार भन्दा बढी पुर्याउने लक्ष्य अनुसार हाम्रो घरदैलो अभिनय तिब्ररूमा अगाडी बढेको शाखा प्रबन्धक रामप्रमोद यादवले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »