विरुवा रोपेर हरित अभियान सुरु

प्रकाशित समय 9:04:00 PM
आशिष विश्वकर्मा
सिरहा, १२ असोज । २ नं. प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले हरित अभियानलाई सफल पार्न प्रदेश अन्तर्गतका सवै स्थानीय तहमा अभियाननै संचालन गर्ने बताए । शुक्रवार सिरहाको लहान ३ स्थित वलान खोला सन्यासी वनमा वृक्षारोपण गरी हरित प्रदेश अभियानको शुभारम्भ गर्दै मन्त्री यादवले दिन प्रति दिन चुरे विनासले तराइको भूमि बञ्जड हुँदै गएकोले अव यसलाई रोक्न हरित अभियान जरुरी रहेको बताए ।
मन्त्री यादवले हरित अभियान सफल पार्न प्रदेशका एक सय ३६ स्थानीय तहसँग सहकार्य गरिने बताए । तराइको भूभागलाई बञ्जरहुनबाट रोक्न हरित अभियान अपरिहार्य भएको भन्दै मन्त्री यादवले थपे, ‘चुरे क्षेत्र विनासले तराई मधेश क्षेत्रमा मरुभूमिकरण हुने अवस्था आउँदै छ, त्यसैले पनि तराइमा हरित अभियान लाई तिब्रता दिनुपर्ने जरुरी छ । 
मन्तव्यकै क्रममा मन्त्री यादवले आन्तरिक प्रतिस्पर्धालाई त्यागेर अव विकासको काममा प्रतिस्पर्धा गर्दै वन जंगल बचाउँदै थप हरा भरा बनाउने पर्ने बताए । उनले बन जंगल रहे मात्र हामी रहने भएकोले सबै सचेत वर्गले आजैका दिनदेखि विरुवा हरित अभियान कार्यक्रम मा सरिक हुन आग्रह गरे ।
५० हजार विरुवा लगाउने लक्ष्यका साथ संचालित यो अभियान २ नं. प्रदेश अन्तर्गतको आठ वटै जिल्लामा एकैसाथ संचालन भएका हुन् । सिरहामा महगनी, टिक, गम्हरी, मसला जातका ३ हजार बिरुवा रोपिएको डिविजनल वन कार्यालय लहानका वन अधिकृत सुनिल कुमार सिंह जनाएको छ । जिल्ला भरीमा ६ हजार विरुवा रोपीने जनाएको छ ।
दिन प्रति दिन चुरे क्षेत्रमा हुने प्राकृतिक प्रकोप एवम् मानवीय प्रवृत्तिका कारण २ नं. प्रदेशमा ४.८ क्षेत्रफलमा मात्र वन जंगल बाँकी रहेको तथ्यांकले जनाएको छ । सिरहामा भने ४ प्रतिशत  क्षेत्रमा मात्र वन जंगल रहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »