स्वायक्षेत्रको निर्धारण नभए संघियताको अर्थ छैन् – राजेश विद्रोही

प्रकाशित समय 1:25:00 AM
सप्तरी, ३० असोज । नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय नेता राजेश विद्रोहीले मुलुकमा संघियता आए पनि दलित र अल्पसंख्यक लगायत उत्पिडनमा परेका समुदायकालागि स्वायत र विशेष क्षेत्रको निर्धारण नभए सम्म मुलुकमा संघियता नटिक्ने र संघियताको कुनै अर्थ नरह्ने बताएका छन् ।
सप्तरीको राजविराजमा आयोजित नेताकार्यकर्ता भेटघाट तथा दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले भने हिजोका एमाले काँग्रेस लगायत यथास्थितिवादी राजनीतिक दलभित्रका सामन्ती नेताहरूकालागि संघियता आएको होइन् । उनिहरूबाट उत्पिडनमा परेको वर्ग जाति क्षेत्र लिंग र समुदायकालागि संघियता आएको हो । तर यहाँ ठिक उल्टो भएको छ । यसलाई तोडनु पर्छ । जनसंख्याको आधारमा स्वायत र निर्वाचन क्षेत्रको निर्धारण र सोहि क्षेत्र र समुदायभित्र प्रतिस्पर्धा गराई असल मान्छेहरूलाई राजनीतिक सता र सरकारमा सहभागि गराए मात्र संघियताको सार्थक अर्थ रह्ने वताए ।
उनले भने क्रप्टेड राजनीतिक दल र नेताहरूले संघियताको नाममा जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण तथा उत्पिडित क्षेत्र र समुदायकालागि स्वायत क्षेत्रको निर्धारण गर्न नचाहेको वताए । मधेशमा राजनीतिक र दलिय समस्या छैन् । यहाँको मुख्य समस्या जातिय विभेदको समस्या हो । यसैको वरिपरि मधेशको राजनीति पनि घुमिरहेको छ । यसलाई पालेर कुनै फाईदा छैन् । गणतन्त्र र संघियतालाई बदनाम हुनेगरी मुलुकमा भ्रष्टाचार र बलात्कारले टाउँको उठाएको र त्यसको संरक्षण सरकार र राजनीतिक दलले गरिरहेको आरोप समेत लगाए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »