मेयरले कुटे लेखापाल, लेखापालले हाले मुद्दा

प्रकाशित समय 8:51:00 PM
शैलेन्द्र महतो
गौशाला, ११ असोज । महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिव साहले लेखापालमाथि हातपात गरेको छ ।
बुधबार नगरपालिका कार्यालय मै मेयर साहले लेखापाल पवन अधिकारीलाई झापडले हिर्काए का हुन् ।
आफूमाथि कार्यालयमै हर हिसाबको विषयमा समान्य विवाद हुँदा मेयर साहले झापड हिर्काएको पीडित लेखापाल अधिकारीले दुखेसो पोखे । उनले गुनासो गर्दै भने, ‘ममाथि मेयर साहले हातपात र दुर्व्यवहार गरेको कुरा महोत्तरीका प्रमुख जिल्ला अधिकारीलाई मौखिक जानकारी गराइएको छ । अब मेयर साहको कार्वाहीको लागि प्रशासनमा लिखित निवेदन दिएर अघि बढ्छु । लेखापाल अधिकारीले मेयर साहले यसअघि पनि एक कर्मचारीलाई कुटपिट गरेको र उद्दण्ड शैलीको रहेको आरोप लगाए ।
यता मेयर साहले लेखापाल अधिकारीसँग गत आर्थिक वर्ष २०७४÷०७५ को हरहिसाब माग गर्दा उल्टै धम्काएपछि एक झापड हिर्काएको स्वीकार गरेको छ ।
‘पटक पटक हरहिसाब मागें । तर दिएनन् । गएको साउन ११ गते मैले निवेदन समेत दिएँ । तर कुनै वास्ता गरेनन् । आलटाल गर्दै आइरहेका छन् ।  मेयर साहले भने ‘बुधबार यसै विषयमा कुरा गर्दा लेखापाल अधिकारीले तपाईंलाई जे गर्नुछ गर्नुस, म हिसाब दिन्न भनेपछि मैले आवेशमा एक झापड हिर्काएँ । 
मेयर साहले लेखापाल अधिकारीको काम ठीक नभएको र मेयरलगायत प्रमुख प्रशासकीय अधिकृत कसैलाई नटेर्ने गरेको आरोप लगाए । आफूले यसअघि कुनै कर्मचारीमाथि हातपात नगरे को समेत मेयर साहको दावी छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »