नया“ शक्ति पार्टीमा दर्जनौको प्रवेश

प्रकाशित समय 8:00:00 PM
सप्तरी, १० कार्तिक । महदेवा गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा प्रवेश गरेको छ । मंलवार महदेवा गाउँपालिका–१, सोनरा गाउँमा हमुमान मुखियाको अध्यक्षतामा आयोजित नयाँ शक्ति पार्टीको संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रमा नेकपा, फोरम र राजपाका गाउँस्तरका नेताकार्य कर्ताहरू प्रवेश गरेकाछन् ।
प्रवेश गर्नेहरूमा कैलाश कामैत,कपलेश्वर कामैत,लक्ष्मी सरदार,सरोज माझी,शिवराम माझी,जलेश्वर सरदार, नारायण सरदार, बुधन माझी,रामदेव यादव, उपेन्द्र सरदार, बुलबुल मुखिया, झबर सरदार, बैजनाथ राम, जयकुमार सरदार, देवकुमार सरदार, देवकुमार माझी, सुरेन्द्र सदा, श्यामसुन्दर झा,दरूबती मुखिया,जीतनी सरदार,रामकुमार यादव,गौरीशंकर रजक, मनसरी देवी सरदार लगायतका छन् । नवप्रवेशीहरूलाई प्रमुख अतिथि नयाँ शक्ति पार्टीका केन्द्रिय कार्यकारी समिति सदस्य तथा २ नं प्रदेश संयोजक शुशिल यादवले अविरमाला लगाएर प्रवेश गराएका थिए भन्ने नवप्रवेशी हरूलाई केन्द्रीय कार्यकारी समिति सदस्य तथा सप्तरी जिल्ला संयोजक राजेश विद्रोही, लिलाहरि खतिवडा, केन्द्रीय परिषद सदस्य ताज मोहमद र उपेन्द्र दासले  शुभकामना सहित पार्टीको विचार राखेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »